एभरेष्ट आर्टमा निश्चल - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

एभरेष्ट आर्टमा निश्चल


साइनो समचारदाता
पथरी । पूर्वमै कला र साहित्यको क्रियाशील संस्था ‘एभरेष्ट आर्ट फ्यूजन’को अध्यक्षमा निश्चल सुवेदी चयन भएका छन् ।
पथरी शनिश्चरे मोरङमा भएको फ्यूजनको छैटौं साधारण सभाले २ वर्षे कार्यकालका लागि सुवेदीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । सर्वसहमत निर्वाचित नयाँ कार्यसमिति उपाध्यक्षमा अर्जुन सेञ्चुरी, सचिवमा भूमिप्रसाद पाठक र कोषाध्यक्षमा सीता राई छन् । सदस्यमा, राजेन्द्र विवश भट्टराई, भरत तामाङ, ओमप्रकाश शर्मा, दिलमान बेघा, टीका लुइटेल, विवेक न्यौपाने र यशोदा लिम्बू चुनिएको निर्वाचन समिति संयोजक भवानीप्रसाद दुलालले जनाए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य एवम् संस्थाकी संस्थापक अध्यक्ष सरोजा खड्गी, संस्थाका सल्लाहकार भूपेन्द्र तिम्सिना, निवर्तमान अध्यक्ष टीकाराम राई, नगरपालिकाको कला साहित्य प्रवद्र्धन समितिका सचिव रोहित पराईसहितले कार्यक्रममा मन्तव्य राखेका थिए । ंस्थाले पछिल्लो आर्थिक वर्षमा १ लाख ६४ हजार २ सय ५२ रुपैयाँको आम्दामी र १ लाख ४८ हजार ६ सय २८ रुपैयाँ खर्च भएको आयव्यय विवरण प्रस्तुत गरेको छ ।

सम्बन्धित खवर