साइनो समचारदाता
विराटचोक । अग्रगामी र परिवर्तनशील बिद्यार्थीहरुको संगठन समाजवादी बिधार्थी फोरम नेपाल(सविफो)को प्रथम इकाई अधिबेशन सम्पन्न भएको छ ।
सोमबार सुकुना बहुमुखी क्यामपस सुन्दरहरौचा मोरङको प्रथम इकाई अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुमित थुलुङ राईको अध्यक्षतामा २१ समिति गठन भएको छ । उपाध्यक्षद्वयमा देविका चौधरी, अकबर अलि, सचिवमा सतिष कार्की, सहसचिव दिब्या लिम्बू , कोषाध्यक्ष सम्झना परियारसहित २१ सदस्यीय इकाई समिति गठन भएको हो । सबिफो, नेपालको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का अध्यक्ष असोक राईले सबिफो नेपाल सधै बिद्यार्थीको पक्षमा अभिने र बिद्यार्थीको हक अधिकारका लागि सधै वकालत गर्ने संगठन भएको बताए । कार्यक्रमका सभापति ऋषि राईले नव निर्वा्चित समितिलाई बधाई दिदै फोरम भनेको मधेस नभै साझा मञ्च भएको र संगठनमा सबै समुदाय तथा बिद्यार्थीको सम्मान हुने बताए । कार्यक्रमा .संघीय समाजवादी फोरम नेपाल मोरङ जिल्ला सदस्य केशब थापा मगरले सान्दर्भिक भनाइ राख्दै सुभकामना मन्तव्य दिएका थिए । ससफो, नेपाल बेलबारी नगर अध्यक्ष तिलक राईले बिद्यार्थी वर्गनै भोलिको परिवर्तनका सम्वाहक भएको बताए ।
कार्यक्रम संचालन सुमित थुलुङ राईले गरेका थिए भने स्वागत मन्तव्य देविका चौधरीले राखेकी थिइन् ।