परिमार्जनसहित कांग्रेसको विधान पारित, बैठक पुनः भोलि बस्दै - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

परिमार्जनसहित कांग्रेसको विधान पारित, बैठक पुनः भोलि बस्दै


साइनो समचारदाता
काठमाडौँ । विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित प्रतिपक्षी नेपाली काङ्ग्रेसले पार्टीको पारित गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । विधान मात्र होइन, बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन पारित गरिएको छ । त्यस्तै कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव परिमार्जनसहित पारित गरेको छ ।
बैठकले हालै देशका केही स्थानमा भएका बम विष्फोटका घटनाको निन्दा गर्दै घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले स्व गुरुङको परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण गराएको छ । सभापति शेरबाहादुर देउवाको अध्यक्षतामा बसेको बेठकले त्यस्ता घटनाप्रति सरकारलाई गम्भीर बनेर शान्तिसुरक्षा कायम गर्न ध्यानाकर्षण गराएको छ ।
यस्तै सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ का केही प्रावधानले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रालाई असर पार्ने भन्दै त्यसप्रति चासो व्यक्त गरेको छ । सामाजिक सञ्जालको प्रयोगमा रहेका कतिपय बेथिति नियन्त्रण गर्न राज्यले राख्नुपर्ने सतर्कताप्रति कसैको विमति हुन्न तर त्यसका नाममा सामाजिक सञ्जाललाई क्रमशः बन्देज लगाउने स्थितिप्रति कदापि समर्थन जनाउन नसकिने जनाउँदै विधेयकका अनुदार प्रावधान सच्याउन सरकारलाई सचेत कांग्रेसलले गराएको छ । बैठकले फौजदारी संहितामा रहेको प्रेसको स्वतन्त्रता कुण्ठीत गर्ने केही प्रावधान सच्याउन जारी रहेको काङ्ग्रेसको पूर्ववतः धारणा पुनःस्मरण गराउँदै सो संहितालाई संशोधन गरिनुपर्ने आवश्यकताप्रति गम्भीर हुन र संशोधन प्रक्रिया प्रारम्भ गर्नसमेत सरकारसँग माग गरेको छ ।
केन्द्रीय कार्य समितिको बैठक फागुन १४ गते बिहान ११ बजे पुनःबस्दैछ ।

सम्बन्धित खवर