विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी, प्रर्दशनी स्थल भीडभाड (आकर्षक फोटो फिचरसहित) - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी, प्रर्दशनी स्थल भीडभाड (आकर्षक फोटो फिचरसहित)


साइनो समचारदाता
पथरी । एभरेष्ट इङ्लिस बोडिङ सेकेन्डरी स्कुल पथरी शनिश्चरे, मोरङका विद्यार्थीहरुले दोस्रो पटक शैक्षिक प्रदर्शन गरेका छन् ।


प्ले ग्रुपदेखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले बिज्ञान, प्रविधिलगायतको विषयमा १३ वटा स्टलमा शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेको विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताएका छन ।

प्ले ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरुको एउटा स्टोल बाँकी कक्षा १ देखि १२ सम्मको छुट्टाछुट्टटै एक÷एक स्टल राखिएको छ । प्रदर्शनीमा प्रिन्सिपल तिम्सिनाले निर्माण गरेको गमलामा रहेको आकर्षक फुल पनि राखिएको छ ।

कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुले थ्री डी, हिटर, एसी, होनोग्राम, वाटर सेन्सोर, बोड, वार्किङ, मोडल अफ हार्ट, क्रेन, लिफ्ट बनाएर प्रदर्शनी स्थलमा राखिएको कक्षा १२ का विद्यार्थी डेनिस खनालले बताए ।

कक्षा १२ का विद्यार्थीहरुले बनाएको स्टलमा अवलोकनकर्ताहरुले विशेष चाख दिएर हेरेका छन् । भेषभुषा, विभिन्न घरेलु समाग्री, कृतिम पहाड, रेल, फुल, गमला, गुडिया, पिङ, धरहरा, केबुलकार, करेसा बारीलगायत सामाग्री देख्न सकिन्छ ।

प्रदर्शनी अवलोकन गर्न आधा दर्जन शैक्षिक संस्थाका प्रनिनिधिहरु, विद्यार्थी, अभिभावक गरी ४ हजारभन्दा बढीले अवलोकन गर्ने विद्यालयका प्रिन्सिपल तिम्सिनाको भनाई छ । विद्यालयले अघिल्लो साल पनि शैक्षिक प्रदर्शनी गर्न थालेको हो ।

 विद्यालयले हिजो शनिबार अभिभावकहरुलाई लक्षित गरेर छेलो, म्युजिकल चियर, डोरी तानाताने, हाडी फुटाइ, सियोमा धागो उन्ने लगायतको प्रतियोगिता गरेको विद्यालयका शिक्षक मदन बेघाले बताएका छन् । 

विद्यालयले भोलि सोमबार बिद्यार्थी, अभिभावक तथा विभिन्न अतिथिहरुको उपस्थितिमा भव्य रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब समापन गरिने विद्यालयले बताएको छ । बिद्यार्थीहरुले विभिन्न समुदायको, भेषभुषा, धर्म, संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने छन । सोही दिन गत बर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिधार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । बिधालयले प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई क्रमशः सतप्रतिशत, पचास प्रतिशत र पच्चिस प्रतिशत छात्रवृत्ति दिदै आएको छ । बर्ष भरी विभिन्न खेलकुद प्रतियोगितामा सफल बिद्यार्थीहरुलाई समेत सम्मान र पुरस्कार वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ । सीटीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्कीको प्रमुख आतिथ्यमा ३३ औं वार्षिक उत्सब, अभिभावक दिवस सम्पन्न हुदैछ ।

तस्वीरः फिपराज बेघा

सम्बन्धित खवर