साइनो समचारदाता
कानेपोखरी । जेनीथ इ्ङ्लिस स्कुल कानेपोखरी ६ मोरङले वार्षिक स्पोट्स मिटमा सहभागी हुने उत्कृष्ट २ सय २८ जना विद्याथीहरुलाई पुरस्कार वितरण गरेको छ ।
शनिवार पुरस्कार वितरणको कार्यक्रमको आयोजना गरेर जेनीथले पुरस्कार वितरण गरेको हो । खेलमा नर्सरी देखि कक्षा दुई सम्मका विद्यार्थीहरुले स्पोन रेस, हिसाब दौड, १सय मिटर दौड, सियोधागो दौड, चक्लेट दौड लगायतका १६ वटा खेलमा सहभागिता जनाएका थिए । यसैगरी कक्षा ३ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले चेस, भलिवल, फुटसल, हाइजम, लमजंङ, हाजिरीजवाफ प्रतियोगिता, छेलो र म्याराथोन गरी ८ वटा खेलमा विद्यार्थीले भाग लिएका थिए । जम्मा २४ वटा खेलमा जम्मा ३ सय १० जना विद्यार्थीहरु सहभागी भएको खेलमा २ सय २८ जना खेलमा प्रथम, द्धितिय र तृतीय भएका भाइस प्रिन्सिपल जयबहादुर राईले बताए । खेलमा सहभागी प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई नम्वर ६ का वडा अध्यक्ष खड्गबहादुर वस्नेत, कानेपोखरी गाउँपालिकका नीजि विद्यालयहरुको संगठन ‘प्याप्सोक’का सचिव विद्यानान्द चौधरी, सदस्य तथा सर्चलाईट इङ्लिस स्कुलका निर्देशक महेन्द्र बोहोराले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरी सम्मान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि र अतिथिहरुलाई विद्यालयका संस्थापक निर्देशक दिनेस सुब्बाले मायाको चिनो वितरण गरेका थिए ।
वार्षिक उत्सवको अवसरमा सांगीतिक कार्यक्रम र खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।
जेनिथले आफ्नो नवौं बार्षिक उत्सब मनाउन विहिबारबाट सुरु गरेको थियो । विद्यालयले फागुन १४ गते अभिभावक तथा विद्यालयको ९ औ स्थापना दिवश मनाउन लागेका छ । सो अवसरमा स्कुलले वार्षिक परीक्षमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरणका साथ साथै विद्यालयलाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने अभिभावक र विध्यालयका शिक्षकलाई सम्मान गर्ने विद्यालयले जनाएको छ । कानेपोखरी गाँउपालिका प्रमुख ताराबहादुर काफ्लेले सम्मान गर्ने कार्यक्रम तय गरेको विद्ययालयका सस्थापक निर्देशक दिनेश सुब्बाले वताए ।
२०६६ सालमा १४५ विद्यार्थीवाट कक्षा सुरु विद्यालयले हाल कक्षा नर्सरी देखि कक्षा ९ सम्मको अनुमति लिदै ३६५ विध्यार्थीलाई अध्यापन गराउँदै आएको छ ।