आज ‘पुरानो बुलेट’ हङकङमा प्रदर्शन, अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्स पनि प्रदर्शन हुने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

आज ‘पुरानो बुलेट’ हङकङमा प्रदर्शन, अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्स पनि प्रदर्शन हुने


साइनो समचारदाता
पथरी । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ शनिवार (२३ फेब्रुअरी) हङकङबाट वल्ड प्रिमियर शो हुँदैछ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘हेल्प फर ह्युमानिटी’ भन्ने मूल नाराका साथ हङकङमा प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनपछि जम्मा भएको केही रकम सामाजिक कार्यका लागि सहयोग गरिने हङकङ प्रदर्शन आयोजक एचकेट्युव नेपालका संयोजक अनोज रोक्काले जानकारी दिएका छन् । हङकङको याउमा तेइ स्थित कम्युनिटी हलमा बेलुका ६ः३० बजे प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शन गर्ने जिम्मा अनोजका अलवा, विजय लिम्बु, मज्जाको राई, सरु राई र सुनिता आङदेम्बेले लिएका हुन् ।
चैत्र १ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्र नेपालमा लागिसकेपछि अन्य देशहरुमा पनि प्रदर्शन गरिने कार्यकायरी निर्माता सन्तोष राईले जानकारी दिए । कार्यकारी राईका अनुसार हङकङको प्रदर्शनपछि तुरुन्त अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्सको प्रदर्शन हुनेछ ।
चलचित्रमा मेल लिड रोल अनुप विक्रम शाहीले सम्हालेका छन् भने उनलाई वर्र्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ । भीषण राईद्वारा निर्देशित यस चलचित्र सन्तोष राई, अशोक कुमार राई, विरेन
साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई हरि घले लामाले खिेचका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

सम्बन्धित खवर