विजुली बलेपछि गाउँमा खुसीयाली - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

विजुली बलेपछि गाउँमा खुसीयाली


साइनो समारदाता
सिन्धुली । लघु जलविद्युत् आयोजनामार्फत् बिजुली घर आगनमा बलेपछि फिक्कल गाउँपालिका–६ सिन्धुलीका दुई सय घरमा खुसीयाली छाएको छ । साविकको रत्नावती गाविसको ६, ७, ८ र ९ नं वडामा विजुली बल्न थालेको हो ।
जलविद्युत् आयोजनाका अध्यक्ष धनबहादुर कार्की गाउँकै १३ किलोवाट र १८ किलोवाटका दुईवटा लघु जलविद्युत् परियोजनाबाट गाउँ झिलिमिली भएको हो । आयोजनाका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार स्थानीयवासीले रु ३० लाख बराबरको श्रमदान र १९० घरले प्रतिघर रु पाँच हजार ५०० का दरले दिएको रकमबाट बिजुली बाल्न सफल भएको हो । प्रतिमहिना रु १५० र प्रतियुनिट रु ३० रुपैया उपभोक्ताहरुबाट संकलन गरिने जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रतिकिलोवाट रु चार लाखका दरले ७२ लाख, सङ्घीय सांसद गणेशकुमार पहाडीको संसदीय कोषबाट रु छ लाख, फिक्कल गाउँपालिकाको रु पाँच लाख र जनश्रमदान गरी रु एक करोड २७ लाखको लागतमा आयोजना सम्पन्न भएको इञ्जिनीयर सञ्जीव उपाध्यायले जानकारी दिए ।
विद्युत् सुविधापछि विद्यार्थीलाई पढ्न सहज भएको छ । दिउँसोको समयमा विद्युत्को सदुपयोग गर्दै कुटानीपिसानीको मिल सञ्चालन गर्ने लक्ष्य आयोजनाको छ । आयोजनाबाट २ जनाले रोजगार पाउने भएका छन् ।
विद्युत् सुविधाले गाउँको विकास हुने अपेक्षामा रहेको स्थानीय पदम तामाङले बताउँदै विजुली बल्न थालेपछि गाउँमा खुसीयाली छाएको बताउका छन् ।

सम्बन्धित खवर