साइनो समचारदाता
काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् । बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।
बैठकमा सांगठनिक एकताबारे गृह कार्य गर्न गठित कार्य दलको म्याद थप गर्ने÷नगर्नेबारे विवाद भएको छ । कार्य दलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका छन् । बैठकमा सहभागी एक नेताले कार्य दलबारे सहमति जुट्न नसकेकोले भोलि छलफल हुने जनाएका छन् । कार्य दलका सदस्य योगेश भट्टराईले बाँकी काम सम्पन्न गर्न एक साता समय माग गरिएको बताए । सचिवालय र कार्य दल सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।