नवौं वार्षिकोत्सब सुरु - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

नवौं वार्षिकोत्सब सुरु


साइनो समचारदाता
कानेपोखरी । जेनिथ इङलिस स्कुल कानेपोखरी, मोरङले आफ्नो नवौं बार्षिक उत्सब मनाउन विहिबारबाट सुरु गरेको छ ।
वार्षिक उत्सव र अभिभावक दिवशलाई एकसाथ मनाउँदै गरेको बिद्यालयले वार्षिकोत्सबको अवसर पारेर सांगीतिक कार्यक्रम र खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ । फागुन १४ गते अभिभावक तथा विद्यालयको ९ औ स्थापना दिवश मनाउन लागेको छ ।


सो अवसरमा स्कुलले वार्षिक परीक्षमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरणका साथ साथै विद्यालयलाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने अभिभावक र विध्यालयका शिक्षकलाई सम्मान गर्ने विद्यालयले जनाएको छ । कानेपोखरी गाँउपालिका प्रमुख ताराबहादुर काफ्लेले सम्मान गर्ने कार्यक्रम तय गरेको विद्ययालयका सस्थापक निर्देशक दिनेश सुव्वाले वताए ।


२०६६ सालमा १४५ विद्यार्थीवाट कक्षा सुरु विध्यालयले हाल कक्षा नर्सरी देखी कक्षा ९ सम्मको अनुमति लिदै ३६५ विध्यार्थीलाई अध्यापन गराउँदै आएको सुब्बाले जनाए । शनिवार सम्म चल्ने ३ दिने स्र्पोटस मिटमा २४ ओटा विभिन्न खेलमा २२० विद्यार्थीले सहभागिता जनाउने विध्यालयका प्रिन्सिपल पुण्य प्रसाद कोइरालाले वताए । खेलमा सहभागी प्रथम, दोस्रो र तेस्रो हुने विध्यार्थीहरुलाई फागुन ११ गते वडा नम्वर ६ का वडा अध्यक्ष खड्गबहादुर वस्नेतको प्रमुख आथिथ्यतामा क्रमशः ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गर्ने कोइरालाले वताए ।
वार्षिक उत्सव कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक वनाउन विद्यार्थीहरुको तर्फवाट साँस्कृतिक कार्यक्रमका साथै नाटक समेत प्रस्तुत गरिने वताइएको छ ।

सम्बन्धित खवर