साइनो समचारदाता
काठमाडौं । बा २ ज २२७९ नम्बरको ट्याक्सीचालक सुनसरीका सिमल राईले ट्याक्सीमा छुटेको समान फिर्ता गरेका हुन् ।
बुधबार बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान राईले फिर्ता गरेका हुन् । ठूलो मङ्गल त्र एक थान, सानो मङ्गल सूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिजडा टप एक जोडी, वेरुवा रिङ एक जोडी, औँठी तीन थान, लेडिज पर्स एक थान र रु छ हजार १२३ छोडेकी थिइन् । चालक राईले फेला पारेको गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताए ।