वडा अधिवेसन सम्पन्न - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

वडा अधिवेसन सम्पन्न


साइनो समचारदाता
विर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित संघिय समाजवादी फोरम नेपालको वडा समिति र वडा महिला फोरमको संयुक्त रुपमा अधिवेसन बुधबार सम्पन्न भएको छ ।
पार्टीका १ नम्बर प्रदेश समिति सदस्य गौरिमान राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले शर्मिला राजवंशीको अध्यक्षतामा ११ सदस्य वडा समिति निर्माण भएको छ भने, अम्बिका मगरको अध्यक्षतामा ९ सदसीय वडा महिला फोरमको निर्माण भएको छ । महिला कार्यक्रममा पार्टीका १ नम्बर प्रदेश वैकल्पिक सदस्य तथा बिर्तामोड नगर उपाध्यक्ष सनम राजवंशी झापा जिल्ला उपाध्यक्ष गणेश राई, समाजवादी युवा फोरम १ नम्बर प्रदेश संयोजक रमेश तुम्रोक लिम्बु, जिल्लाका नेता सिवान सोराली मगर, चिजा राई, युवा फोरम ईलाम अध्यक्ष रमेश राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले पहिचान सहितको संघीयता प्राप्ति नै पार्टीको मुख्य लक्ष्य रहेको र सम्पूर्ण पहिचानवादी र उत्पीडित समुदायहरु एक ढिक्का हुनलाई संघीय समाजवादी फोरममा गोलबन्द हुनु पर्ने बताए ।

सम्बन्धित खवर