गाउँपालिकासँग निजी विद्यालयको आग्रह - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

गाउँपालिकासँग निजी विद्यालयको आग्रह


साइनो समचारदाता
पथरी । गाउँपालिकास्तरीय संगठित निजी विद्यालयहरुको संगठन प्याप्सोकले कानेपोखरी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजसन कानेपोखरी(Pabsok)ले गाउँपालिकाले गरेको शैक्षिक गतिविधिमा निजी विद्यालयबाट पनि सहभागिता हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । संगठनको उपाध्यक्ष विजय किस्कू र सचिव विद्यानान्द चौधरीको हस्ताक्षरी ज्ञापन पत्र गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजकुमारी इङ्नामलाई बुझाएका थिए । हस्तान्तरण कार्यक्रममा संगठनका सहसचिव टेकेन्द्र बास्तोला, कोषाध्यक्ष नन्दुकुमार राजवंशी र सदस्य महेन्द्र बोहोरा, गणेश पोख्रेल, श्रीप्रसाद मिश्र र निर्मल फुयलको सहभागिता रहेको थियो ।
संगठनको शनिबार दलेलीमा बसेको बैंठकले गाउँपालिकामा पत्र बुझाउने, संगठन दर्ता लगायतको निर्णय गरेको उपाध्यक्ष बिजय किस्कु बताउँछन् । उनीहरुले सरकारीको मात्र नभएर नीजि विद्यालयहरु प्रअहरुको बैठक मासिकरुपमा नियमित गाउँपालिकाले राख्नुुपर्ने जोडदिएका छन् । शैक्षिक सत्र सुरुहुनु भन्दा अघि देखिनै विद्यालयहरुले विभिन्न लोभलाच्चा देखाउँर्दै विद्यार्थी तानातान गर्ने प्रविती रहेकोले यसको समस्याको हल गाउँपालिकाले गर्नुपर्ने माग गरेका छन् । एक बर्ष अघि गठन भएको संगठनले बार्षिक विविध कार्यक्रम गर्दै आएको छ । गाउँपालिकामा १९ वटा विद्यालय मध्ये १५ वटा विद्यालय यो संगठनमा आवद्ध रहेको छ ।

सम्बन्धित खवर