साइनो समचारदाता
काठमाडौं । नेकपाको एकतालाई छिटो टुंगो लगाउन सत्तारुढ नेकपा सचिवालयको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित छ । गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तर एकताले पूर्णता पाएको छैन । थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य थिए । पूर्णता नपाएपछि पार्टी भित्र आलोचना हुदै आएको छ । नेताहरुलाई दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद छ ।
पोखरेलले मुख्यमन्त्रीको पद त्याग्ने तर पार्टीको जिम्मेवारी नत्याग्ने भनेपछि दोहोरो जिम्मेवारी बारे समस्या उत्पन्न भएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।