साइनो समचारदाता
कानेपोखरी । कानेपोखरी गाउँपालिका (मोरङ) युवाहरुले संचालनमा ल्याएको न्यानो अभियान (कम्वल) वितरणको हिसाव किताव सार्वजनिक गरेका छन् ।
रमाइलो बजारमा एक कार्यक्रमको आयोजना गरि अभियानमा संलग्न युवाहरुले वितरण कार्यमा भएको हिसावको फेहरिस्त सार्वजनिक गरेका हुन । गाउँपालिकाको ६ वटा वडामा ५५० रुपैयाको प्रतिगोटाले ३ केजीको २५० वटा न्यानो कम्वल १ लाख ३७ हजार ५ सय रुपैयाको न्यानो कम्वल वितरण गरेका थिए । अभियानले विभिन्न समयमा वडा नं. २ मा ५० वटा,वडा नं. ३ मा १ सय वटा,वडा नं.४ मा २५ वटा,वडा नं. ५ मा २५ वटा,वडा नं. ६ मा ४० वटा र वडा नं. ७ मा १० वटा कमल बितरण गरेका थिए ।
स्थानीय युवा व्यवसायी डिल्ली फुयलको अध्यक्षतामा रकम संकलन समिति संचालन गरी रकम संकलन सुरु गरेको थियो । न्यानो अभियानलाई डिल्ली सिटौला,दिपक तिम्सिना,सन्तोष फुलय लगाएतले साथ दिएका थिए । गत मंसिरबाट स्थानीय युवाहरुको सक्रियतामा सुरु गरिएको न्यानो अभियानले १ लाख ५० हजार ४ सय रुपैया संकलन गरेका थिए । स्थानीय समाजसेवी र बैदेशीक रोजगारका लागी कोरिया,कतार रहेका नेपालीहरुबाट सो बराबरको रकम संकलन गरि न्यानो अभियान (कम्वल वितरण) कार्यक्रमका संयोजक विवेक लिम्बूले बताए । डिल्ली फुयल २५ हजार, डिल्ली सिटौला १० हजार, शिव पन्थी १० हजार, दिपक तिम्सिना १० हजार, सन्तोष फुयाल १० हजार, दिपक पराजुली ५ हजार, सुनिल पराजुली ५ हजार,गोपी सेर्मा ५ हजार, राजेन्द्र रेग्मी ३ हजार, सरोज योङहाङ ५ हजार, मनोज थापा १० हजार १ सय ५०, विमल लिम्बू ५ हजार,लेखनाथ श्रेष्ठ १०हजार,दिपक राई ५ हजार १ सय,सरन योङहाङ ५ हजार, खगेन्द्र बराईली ३ हजार,मातृका कोइराला ३१ सय, चन्द्र पौडेल ५ हजार १ सय, गोपाल कोइराला ३ हजार १ सय रुपैया न्यानो अभियानलाई सहयोग गरेका थिए । गाउँपालिकाका सवै वडामा अति विपन्न,गरिवहरुको पहिचान गरी एक घरपरिवारलाई एक सिरक वितरण गरिएको र यस्ता कार्यक्रम आगामी बर्षमा निरन्तर गरिने कार्यक्रम संयोजक विवेक लिम्बुको भनाई रहेको छ ।