सास श्री बहु फ्लोरमा जाने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

सास श्री बहु फ्लोरमा जाने

साइनो समचारदाता
पथरी । आदिवासी जनजाति चलचित्रहरु अहिले धमाधम निर्माण हुन थालेका छन । भाषिक चलचित्र र नेपाली भाषामा चलचित्र बन्दै आएका छन । लामो समयदेखि नेपाली चलचित्र र भाषिक चलचित्र सहायक निर्देशन गरिरहेका नरेन्द्र लाओतीलाई अहिले भ्याइनभ्याइ छ ।
लाओतीले यसै चलचित्रमा निर्देशन डेब्यु गर्दैछन् भने उनलाई मुख्य सहायक निर्देशक नबराज सर्मा र सहायक निर्देशन अमृत गिरीले साथ दिदैछन । हरिनारायण चौधरीको छायांकन रहने छ । राजबशी सामुदायिक बिषयमा पृथक अनि एक्सन कमिडी र प्रेम प्रसङ्ग रहेको चलचित्र सास श्री बहु को छायांकनको लागि सुटिङ युनिट फाल्गुन पहिलो सता झापा तर्फ प्रस्थान गर्दैछन ।
चलचित्रले सबै परिवारिक बिषयलाई लिएर रोमान्टिक कमेडी र एक्सन रहने छ भने पहिलो चोटि नेपाली चलचित्र जगतमा मोहनी सम्बन्धि बन्न लागेको चलचित्र सास श्री बहुमा मोहनी कसरी लाग्छ र के हुन्छ ? भन्ने प्रस्नको उत्तर पाउन यसै चलचित्र हेर्नू पर्ने हुन्छ ।
झापाबाट बन्न लागेको यो चलचित्र पहिलो रहेको उत्त चलचित्रमा अमित लामा, अशोक छेत्री र गङ्गालाल राजबशीको लगानी रहेको छ । नेपाली र राजबशी दुबै भाषामा रहेको यस चलचित्रलाई बैशाख अन्तिममा देशभरी प्रर्दशन हुने चलचित्र स्रोतले जानकारी गराएका छन । चलचित्रमा कमल राईले कोरियोग्राफी गर्ने छन भने संगीत टङ्क बुढाथोकी र बलबहादुर राजबशीको रहेको छ । उत्त चलचित्रमा प्रज्वल गिरी, अशोक छेत्री, जयकिसन बस्नेत, गङ्गालाल राजबशी, लय सङ्ग्रौला, क्रान्ति बराइली रबिन मगर लगायत झापाली कलाकारहरुको अभिनय रहने छ भने नायिकाको टुंगो नलागेको सुटिङ केही समय लाग्ने स्रोतले बताएका छन ।
चलचित्रको सम्पूर्ण छायांकन सुनसरी, इलाम र झापा हुने छ भने चलचित्र ५० लाखको लागतमा चलचित्र निर्माण हुने भएको छ ।

सम्बन्धित खवर