युवायुवती ‘भ्यालेन्टाइन डे’ मा रमाउँदै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

युवायुवती ‘भ्यालेन्टाइन डे’ मा रमाउँदै


साइनो समचारदाता
पथरी । ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रअरीका दिन पर्छ । प्रेम दिवस पनि भनिने यस दिनलाई युवायुवतीहरुले विशेष रुपले मनाउने गरेका छन् । एकआपसमा प्रेम प्रकट गर्ने गर्दै प्रेम प्रस्ताव राख्ने चलन बढ्दो छ ।
युवायुवतीहरुको मोरङको शान्ति सिमसार (पथरीशनिश्चरे), बेतेनी सिमसार(उर्लाबारी, बेतना सिमसार(बेलबारी), हसिना सिमसार(सुन्दरहरौचा)लगायत पर्यटकीय क्षेत्र, व्यवसायी घरानाहरुमो भीडभाड बढेको देखिन्छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । भ्यालेन्टाइन डे मा फूल तथा कार्ड व्यवसायीहरुको व्यापार बढ्ने गरेको छ ।
इतिहास
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भयो । पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।
उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले “ीयखभ ाचयm थयगच ख्बभिलतष्लभ” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको स्मरणमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।
उनको बुझाइ थियो (अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।
फुललाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छन्, गरिएका छन् । रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ ।
रातो गुलाफ शान्ति, प्रेम र क्षमताको प्रतिकको रुपमा हेरिन्छ । गुलाफी गुलाफलाई मित्रता र मुटुको धड्कनको प्रतिक, पहेँलो गुलाफ मित्रताको प्रतिक, सेता गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक, कालो गुलाफ, बिदाईको प्रतिकको रुपमा हेर्न गरिन्छ ।

सम्बन्धित खवर