पान्थरमा सार्वजनिक बिदा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पान्थरमा सार्वजनिक बिदा

स्वर्गीय अमरकुमार नेम्बाङ

साइनो समचारदाता
पान्थर । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष तथा नेपाली साहित्यमा स्थापित व्याक्तित्व अमरकुमार नेम्बाङ निधनको सोकमा पान्थर जिल्लामा बुधवार सार्वजानिक बिदा दिइने भएको छ । जिल्लाका सबै स्थानीय तहले बिदा दिने निर्णय गरेसंगै जिल्लामा एक दिन सोक बिदा दिन लागिएको हो । जिल्लाका आठ स्थानीय तहले बिदा दिइएको छ । फिदिम नगरपालिकाले जारी गरेको सुचनामा माघ २९ मा भएको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिन लागिएको हो । फिदिम नगरपालिकाले सार्वजनिक बिदा दिने बताए पनि अन्य केही गाउँपालिकाले भने आंसिक बिदा दिने बताएका छन ।
अन्त्यष्टी सहितका कार्यक्रममा सहभागीताका लागि सहज हुने देखेर बुधवारलाई बिदा गर्ने निर्णय गरिएको हिलिहाङ गाउँपालिका प्रबक्त मदन गौतमले जानकारी दिए । याङवरक गाउँपालिकामा पनि बिदा दिइने भएको छ ।
उता फालेलुङ गाउँपालिकाले भने स्वास्थ्य र शिक्षा बाहेकका क्षेत्रमा मात्रै बिदा दिने निर्णय गरेको छ । वडा कार्यालय र गाउँपालिका कार्यालय मात्रै बिदा गर्ने सुचना जारी गरिएको प्रमुख प्रसासकीय अधिकृत मौसम ढुँगेलले जानकारी दिए ।
उता तुम्वेवा गाउँपालिकामा पनि शिक्षा र स्वास्थय बाहेकका क्षेत्रमा बिदा दिने निर्णय गरेको छ । उता कुम्मायक गाउँपालिकाले भने आइतबार नै बुधवारका लागि वडा कार्यालय र गाउँपाकिला कार्यालय बिदा गर्ने निर्णय गरिसकेको छ । फाल्गुनन्द गाउँपालिकाले भने सार्वजानिक बिदा दिने भएको छ । जिल्लाका अरु गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेका छन ।
मन्तब्य राखेर मञ्चमा फर्कने क्रममा गत शनिवार बेहोस भएका अध्यक्ष नेम्बाङको इलाम जिल्ला अस्पतालमा निधन भएको थियो । उनको पार्थिक शरिर बुधवार बिहान नेपाली काग्रेस पार्टी कार्यालय फिदिम ल्याइएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि फाल्गुनन्द गाउँपालिकामा राखिएको शव बुधवार बिहान ७ बजे फिदिम ल्याइएको तयारी रहेको नेपाली काग्रेस पान्थरले जानकारी दिएको छ । फिदिमबाट हिँडाएपछि उनलाई फाल्गुनन्द पुर्याएर अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर