न्यायिक समितिमा न्यौपाने नियुक्ति - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

न्यायिक समितिमा न्यौपाने नियुक्ति

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको रिक्त रहेको न्यायिक समिति सदस्यमा पर्शुराम न्यौपाने नियुक्त भएका छन् ।
वडा नम्वर २ का सदस्य न्यौपानेलाई कार्यपालिका बैठकले सदस्यका रुपमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । जग्गा विवाद सम्वन्धि विषय जोडिएपछि सदस्य दुर्गाप्रसाद सिटौलाले समितिबाट राजीनामा दिँदा सदस्यको एउटा पद खाली रहेको थियो । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको वैठकले, वडा कार्यालयका लागि दाताहरुबाट प्राप्त वडा नम्वर ३ सहितका वडाको जग्गा नगरपालिका कार्यालयले रजिष्ट्ेशन गरिलिने निर्णय भएको छ । नगरमा रहेका द्धन्दपीडितहरुको सबैखाले तथ्याङ्क नगरले संकलन गर्ने पनि वैठकले निर्णय गरेको छ । वैठकमा दोहोरो स्वामित्व सम्वन्धी विषयमा समितिमार्फत् अघि बढ्ने उल्लेख भएको छ । आर्थिक वर्ष ०७४÷७५ को आन्तरिक तथा महालेखा परिक्षणको प्रतिवेदनका बारेमा पनि जानकारी गराइएको छ । साथै नगरपालिकाले चालु आर्थिक वर्षमा पूँजीगत र चालु बजेटमध्ये हालसम्म ३० दशमलव ८९ प्रतिशत बराबरको खर्च भइसकेको छ । साथै अन्य योजनाका कामहरु धमाधम भइरहेको पनि जानकारी गराइएको छ ।

सम्बन्धित खवर