मञ्चको परिषद् बैठक सम्पन्न  युवा सशक्तिकरणको पक्षमा काम गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मञ्चको परिषद् बैठक सम्पन्न  युवा सशक्तिकरणको पक्षमा काम गर्ने


साइनो समचारदाता
पान्थर । युवा सशक्तिकरणको पक्षमा काम गर्ने निर्णय गर्दै याक्थुङ युवा मञ्चको प्रथम राष्ट्रिय परिषद् बैठक माघ २६ गते पान्थरको फेदेनमा सम्पन्न भएको छ ।
युवाहरुको पहुँच निर्माण गर्ने र नेतृत्व निर्माणको पक्षमा काम गर्दै अगाडि बढ्ने जनाएकोछ । यसको लागि क्षमता र नेतृत्व विकासका माध्यमबाट राज्यको हरेक तहमा सार्थक सहभागिता, पहुँच निर्माण गर्न लोक सेवा प्रशिक्षण, युवा नेतृत्व सम्बन्धी तालिम लगायतको विविध गतिविधि गर्दै अगाडि बढाउने निर्णय गरेको छ ।


यस्तै समसामयीक प्रस्तावको विषयमा प्रदेश नं. १ को नामाङ्कन हुँदै गर्दा लिम्बुवान नछुटाउन परिषद् बैठकले माग गरेको छ । याक्थुङ युवा मञ्चले संस्था स्थापनादेखि नै ऐतिहासिक पृष्टभूमीको आधारमा रहेको अरुणपूर्व ९ जिल्ला पुनःसिमाङ्कन गरी स्वायत्ततासहित लिम्बुवान घोषणा गर्न माग राख्दै आएको छ । तत्कालिन अवस्थामा प्रदेश नं. १ को नामाङ्कन गर्दै गर्दा ऐतिहासिक पृष्ठभूमी रहेको लिम्बुवान र विगत लामो समयबाट गर्दै आएको लिम्बुवानको आन्दोलनलाई सम्बोधन गर्दै ‘लिम्बुवान’ नछुटाउन माग गरेको छ । यसको लागि ध्यानाकार्षण गराउने र सडक आन्दोलन पक्षमा सक्रिय हुने निर्णय गरेको छ ।
यस्तै पछिल्लो समय धार्मिक विषयको सवालमा विवाद देखिएकोमा आआफ्नो गतिविधि अगाडि बढाउँदा समयमता अपनाउँदै अगाडि बढ्न सबैमा आग्रह गरेको छ । धार्मिक विवादको नाममा खास गरेर सामाजीक सञ्जालहरुमा निकृष्ट, तुच्छ शब्दको प्रयोग र एक अर्कालाई अपमानजनक ढङ्गबाट प्रस्तुत गरागर भइरहेकोले यो गतिविधि नगर्न र एकअर्काको सम्मान गर्न सबैमा आग्रह गरेको छ ।
बैठकको निर्णयले समुदायमा विविद्यता, अनेकता रहेतापनि यसलाई सबैले एकअर्काको सम्मान गर्दै एकताको पक्षमा अभिन्नु पर्नेमा जोड दिएको छ । व्यक्तिहरुको धर्म मान्ने विषय नौसर्गिक हुने भएकोले व्यक्तिहरुको आफ्नो इच्छा र चाहना अनुरुप जुनसुकै धर्म मान्न सक्ने भन्दै याक्थुङ युवा मञ्चले सबै धर्म मान्ने धर्मावालम्बीहरुलाई धार्मिक सहिषुणताको आधारमा समान दृष्टिकोणले हेर्नेछ र बुझ्नेछ, भनेको छ ।
परिषद् बैठकले विभिन्न विषयहरुमा छलफल गर्दै ८ बुँदे सुमात्लुङ घोषणापत्र समेत जारी गरेको छ । २०७१ जेठ ७ गते स्थापना भएको याक्थुङ युवा मञ्चले २०७५ जेठ ७ गते प्रथम महाधिवेशन इलाममा सम्पन्न गरेको थियो । हाल ः ८ वटा जिल्ला कार्य समितिहरु विस्तार गरी काम गर्दै आएको मञ्चले पान्थरको फेदेनमा प्रथम राष्ट्रिय परिषद् बैठक सम्पन्न गरेको हो । बैठकको उद्घाटन सत्रमा पान्थर जिल्लामा विभिन्न गतिविधिहरु गर्दै आइरहेको लिम्बुजन्य सामाजिक संस्थाहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।

याक्थुङ युवा मञ्च, प्रथम राष्ट्रिय परिषद् बैठक २०७५, सुम्हा?त्लुङ घोषणापत्र
१. याक्थुङ युवा मञ्च संस्थागत विकास साथै मुख्य उद्देश्यको कामहरुलाई महत्वको साथ अगाडि बढाउने घोषणा गर्दछौँ । युवाहरुको चौतर्फी विकासको लागि युवाहरुलाई विचार, सङ्गठन र कार्यक्रमहरुसँग जोड्दै जानेछौँ ।
२, ऐतिहासिक पहिचानको आधारमा अरुणपूर्वको नौ जिल्ला सिमाङ्कन गरी स्वयत्ततासहितको लिम्बुवान प्रदेश घोषणा गर्न माग गर्दछौँ । तत्कालिन रुपमा प्रदेश नं. १ को नामाङ्कन घोषणा गर्दै गर्दा ‘लिम्बुवान’ नछुटोस् भनी जोडदार माग गर्दछौँ ।
३, लिम्बुवान क्षेत्रमा लिम्बू भाषा र किरात सिरिजंगा लिपि सरकारी कामकाजको भाषा र लिपिको रुपमा लागू गर्न साथै लिम्बुवान क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयहरुको साईन बोर्डमा किरात सिरिजंगा लिपि समावेश गर्न यो प्रथम राष्ट्रिय परिषद् बैठक जोडदार माग गर्दछ ।
४, नेपालमा आदिवासी जनजाति लगायत उत्पीडित वर्ग, क्षेत्रका विचार मिल्ने संस्थाहरुसँग विविध गतिविधिहरुमा सहकार्य गर्दै अगाडि बढ्ने घोषणा गर्दछौँ ।
५, नेपालपक्ष राष्ट्र भएकोले आईएलओ महासन्धि नं. १६९ र आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र पूर्ण रुपमा लागू गर्न, कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ ।
६, नेपाली समाजको संरचनालाई प्राकृतिक न्यायका आधारमा समान व्यवहार गर्ने, सबै भाषा, सबै संस्कृतिको सम्मान र समानताको साथ व्यवहार गर्न माग र आव्हान गर्दछौँ ।
७, लिम्बुवान भूमिको धार्मिक, सांस्कृतिक ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, समाधिस्थलहरुको संरक्षण, सम्वद्र्धन गर्न सम्बन्धित सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।
८, याक्थुङ युवाहरुलाई संसारको जुनसुकै स्थानमा रहेतापनि सामुहिक हितको लागि संस्था, सङ्गठनमा जोडिन्, सम्बन्ध कायम राख्न आव्हान गर्दछौँ ।

सम्बन्धित खवर