![](https://i0.wp.com/www.sainokhabar.com/wp-content/uploads/2019/02/51500007_10210766972409286_9216368100541202432_n.jpg?resize=640%2C979&ssl=1)
साइनो समचारदाता
धरान । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङवालाई पितृशोक परेको छ । बुबा चक्रबहादुर पालुङवाको शुक्रवार विहान ८४ वर्षको उमेरमा दुःखद निधन भएको हो । समाजसेवामा रुचि राख्ने चक्रबहादुरले पालुङवा थरका बंशावली लेखन, संकलन प्रकाशन गरेका छन् । आशामबाट पढेर आएका उनी ताप्लेजुङमा पहिलो अंग्रेजी शिक्षक थिए । उनले ताप्लेजुङको शैक्षिक एवं सामाजिक क्षेत्रमा गरेका योगदानहरु समेटिएको जीवनी पुस्तक लेखक राजेश्वर नेपालीले लेखेका छन् । उनी आफ्नो जीवनी पुस्तक विमोचनको तयारीमा थिए । स्वर्गिय चक्रबहादुर साइला छोरा डा.योगन्द्र संग धरान–१६ मा बस्दै आएका थिए । उनको शोक सन्तप्त परिवारमा श्रीमती, ४ छोरा, ३ छोरी छन् ।
पार्टी अध्यक्ष पालुङ्वालाई पितृ शोक परेपछि माघ २५ गतेदेखि काठमाडौंमा शुरू हुने पार्टीको केन्द्रीय पदाधिकारी बैठक र माघ २६ गतेबाट हुने संघीय परिषद्को बैठक स्थगित गरिएको छ । बैठक फागुन महिनाको दोश्रो हप्ताभित्र बस्ने सहमति भएको पार्टीले जनाएको छ ।