साइनो समचारदाता
विराटनगर । संघीय समाजबादी महिला फोरम नेपालले वडा समिति गठन गरेको छ ।
समाजबादी महिलाहरुको भेलाले विराटनगर महानगरपालिका वडा नम्बर १३ मा विमला पोधारको अध्यक्षतामा १९ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको सचिवमा पिंकी यादब र कोषाध्यक्षमा कोशिला यादब छन् । बसुन्धरा झाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामविलास यादब, रञ्जु बर्मा, प्रदेश १ की सदस्य कुन्ता राई, महिला फोरमकी प्रदेश सहसचिव सदिना खातुन, सदसइ बदमिया, विष्णु राईलगायतको उपस्थिति रहेको थियो ।