साइनो समचारदाता
विराटनगर । संघीय समाजवादी फोरम नेपाल (ससफो) प्रदेश समितिको तेस्रो पूर्ण बैठक बुधबार अस्थायी राजधारी विराटनगरमा बसेको छ ।
तेस्रो पूर्ण बैठकले प्रदेश समितिको पदाधिकारी मनोनयन गरेको छ । लोकसागर साम्बा र सबिता यादबलाई उपाध्यक्षमा र केदार धिमाल र कमन देवानलाई सचिबमा बैठकले मनोनयन गरेका छ । प्रदेश अध्यक्ष भुपेन्द्र नेम्वाङको अध्यक्षतामा बसेको बैठकलमा पार्टी अध्यक्ष उपेन्द्र यादब, बरिस्ट नेता अशोककुमार राई, उपाध्यक्ष रकम चेम्जोङ, युवराज कार्की, हेमराज राई, लिम्बुवान समितिका अध्यक्ष खगेन्द्र माखिम र किरात समितिका अध्यक्ष राजकुमार राईको उपस्थिति रहेको थियो ।