साइनो समचारदाता
पथरी । लर्डबुद्ध साकोस पथरीशनिश्चरे मोरङले बतृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ ।
संस्थाको कार्य क्षेत्र पथरी शनिश्चरे नगरपालिकाभरीका अन्तर विद्यालयस्तरीय वतृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा १६ वटा नीजि र सामूदायिक विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयबाट १ जना सहभागी भएको प्रतियोगिताको ‘आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका’ शिर्षक राखिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका पूर्व अध्यक्ष हरीप्रसाद सुवेदी र लर्ड बुद्ध साकोसका सल्लाहकार साथै पूर्व अध्यक्ष हर्कबहादुर राई निर्णायक रहेको प्रतियोगितामा प्रथम युगलकिशोर अधिकारी (न्यू पेगोडा मा.वि.—कक्षा ७), द्वितिय रिमा कार्की (रेड स्टार मा.वि. कक्षा–९), तृतीय सजना घिमिरे (वाल्मीकि मावि कक्षा–१०) र सान्तवना सृजन घिमिरे (वाल जागरण विद्या मन्दिर मावि, कक्षा–७) भएका थिए । साकोसले प्रत्येक बर्ष बतृत्वकला प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।