साइनो समचारदातापथरी । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरीशनिश्चरे, मोरङको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
सोमबार भएको सभामा २३ लाख ९४ हजार ८ सय १६ १६ रुपैयासहितको समूहमा प्राप्ती भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । गत साल ५३ लाख ८६ हजार ५ सय ५० प्राप्ती भएको थियो । भने बचत ४ लाख ८१ हजार ३ सय ५ रुपैया भएको समूहकी कोषाध्यक्ष खिनामाया लिम्बुले जनाइन् । साधारण सभामा अध्यक्ष गंगा सावाद्वारा भावी कार्ययोजना, सचिव सन्तोष सिरेङद्वारा वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक टंक सम्बाहाङ्फेद्वारा आन्तरिक लेखा परिक्षणको प्रतिवेदन पास गरिएको थियो ।