साइनो समचारदाता
पथरी । गृल तथा स्टिल ब्यावसायीको पहिलो साधारण सभा सम्पन्न भएको छ । रतुवामाई, रंगेली र सुनवर्षी नगरपालिका भित्र रहेका गृल व्यवसायीहरुको प्रथम साधारण सभाले महेन्द्र गुरगाईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्ष भगवान प्रसाद शाह, सचिव राधेश्याम राजबंशी, सह–सचिव केष्ण शर्मा, कोषाध्यक्ष बासुदेव राजबंशी, सदस्यहरु अनिल पराजुली, शवणकुमार राजबंशी, कृपान्न यादव, छत्र लिम्बू, कादिर हुसेन मौसम, फेकराज मंण्डल चयन भएका छन । सुनबर्षी नगरपालिकाको आदर्श मा. वि. मा भएको ईकाई सभाले पूर्वी मोरङमा रहेका गृल तथा स्टिल व्यवसायीले भोग्नु परेकाले यो समस्यामा स्थानीय सरकारले ध्यान दिनु पर्ने कुरामा गृल व्यवसायीहरुले जोड दिएका छन । गृल तथा स्टिल व्यवसायलाई संगठित तथा एक रुपता गर्ने उद्देश्यका साथ समिति गठन गर्दै अगाडि बढेको शिवनारायण राजबंशीले बताए । नेपाल गृल तथा स्टिल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष मोहन कटुवालले गृल व्यवसायी सरकारले निर्धारण गरेको मूल्यका आधारमा एक रुपताका साथ अघि बढ्नु पर्नेमा र कामदारहरुलाई चाहिने तालिम र बिमाका बिषयमा महासंघ अघि बढ्दै चाडै समधान गर्ने बताएका छन् ।
नव गठित समितिलाई प्रदेश सभासद शिव नारायण सिह, नेपाल गृल तथा स्टिल व्यवसायी महा संघ केन्द्रीय समितिका अध्यक्ष मोहन कटुवाल, सदस्य दिनेश पौडे्ल, सुनबर्षी नगर प्रमुख काली प्रसदास दास, उप प्रमुख मन्जु राईलगायतले शुभकामना दिएका छन् ।