गोपाल काफ्ले पथरी / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले टिनको छानो बितरण गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो हटाउने अभियान चालू गरेको छ ।
नगरले ४ सय २५ घर परिवारलाई ३५ हजारका दरले एक परिवारलाई ३ बन्डल जस्तापाता बितरण गर्ने भएको छ । नगरले यसै बर्ष १ करोड ४८ लाख ७५ हजार बरावरको टिनपाता खरिद गरि बितरण गर्ने नगर प्रमुख राईले बताए । आफुले गाँउ गाँउमा सिहदरवार भनेर दिएको जनतालाई आस्वसिन दिएकोले आफ्नो नगरका घरहरु पानी परेर स्कुल जाने बालबालीकाको बिजोग नगरले गाडि किन्न पास गरेको रकम जनताको हितका लागि यो योजना ल्याएको प्रमुख राईले बताए । नगरले नगर भित्रका स्वास्थ चैकी, सामुदायीक भवन, प्रहरी चौकी, नगर मर्मत र आग्लागी लगायत स्थानमा समेत बितरण गरेको उहाले बताउन् भयो ।
देश संघियतामा गए सगै विगत १ वर्ष अगाडी आएका जन प्रतिनिधि हरुले जनताको सेवा गर्ने भन्दै महगा र विलाशिताका गाडी खरिद गरिरहेको अवस्थामा प्रुमख राईले आफुले पाएको सुविधाको उपभोग नगरी जनताको फुसको छानो हटाउने अभियानमा आफु लागि परेको भन्दै नगर उप–प्रमुख कृष्ण कुमारी निरौलाले खुलेरै प्रसंशा गर्नु भयो ।
“मेरो सुविधा कटाई देउ नगर वाट फुसको छानो हटाईदेउ” भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधा भोगि भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडी लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरि जस्तापाता वितरण अभियानको थालनी गरिएको ३ नं.वडाध्यक्ष देवराज चाम्लीङले बताए । सामुदायिक वनको तर्फबाट पनि गरिव र बिपन्न वर्गलाई लक्ष्ति गरि नगरको कार्यमा सहयोग गर्ने प्रदेश नम्वर १ का सामुदायिक वनका सचिव अग्नि पौडेलले नगरले बताएका छन । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद गुरागाई,स्थानिय सामुदायिक वनका प्रमुख हरु, राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।