अखिलका विद्यार्थीद्वारा क्याम्पससँग माग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

अखिलका विद्यार्थीद्वारा क्याम्पससँग माग

साइनो खवर / मोरङको पथरीशनिश्चरेस्थित पथरी वहुमुखी क्याम्पसका अखिलका विद्यार्थीहरुले शैक्षिक तथा भौतिक व्यवस्थापनका १८ बुँदे माग पेश गरेका छन् ।
जनक पोखरेलको अगुवाईमा आज गएको विद्यार्थीहरुको टोलीले आफ्ना मागका सम्वन्धमा क्याम्पस प्रमुख चेतन पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।


विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि स्वस्थ्यकर जीवन व्यवस्थापन र मनोरञ्जनात्मक अध्ययन वातावरण, गुणस्तरीय शिक्षाका लागि मल्टिमिडियामार्फत क्युएए विधि अविलम्ब आरम्भ गर्नुपर्ने, कम्प्युटर अध्ययनका लागि ल्यावको व्यवस्था, कक्षाकोठा थपको माग अघि सारिएको छ ।
अलग्गै प्रशासन ब्लक निर्माण, प्राविधिक विधिबाट अध्ययन–अध्यापन र शोध अनुसन्धानमा आधारित शैक्षिक क्यालेण्डर जारी, क्याम्पस हाताभित्रको सरसफाई, अध्ययन अद्यावधिकता निर्धारणका लागि नियमित आन्तरिक परीक्षा प्रणाली सञ्चालनको थप माग राखिएको छ ।
सर्वोत्कृत मापदण्ड निर्धारण गर्दै औसत लक्षित विद्यार्थीलाई अनिवार्य र पारदर्शी छात्रवृत्तिको प्रबन्ध, त्रिभुवन विश्वविद्यालयले जारी गरेको शैक्षिक क्यालेण्डरलाई अनिवार्य कार्यान्वयन्यस क्याम्पसको हकमा अनिवार्य कार्यान्वयन, क्याम्पस हाताभित्रै प्राथामिक स्वास्थ्य उपचारकक्षको व्यवस्था पनि हुनुपर्ने उल्लेख छ ।
अन्य मागमा, प्रत्येक विषय र विषयसँग सम्बन्धित यहीँ वर्ष प्रकाशित पुस्तकहरू उपलब्ध गराउनुपर्ने, पठनपाठनका अतिरिक्त सिर्जनशील साहित्य, मनोरञ्जन, खेलकूदका सामग्रीहरू उपलब्ध गराइनुपर्ने, वाचनालय तथा विद्युतीय पुस्तकालय समेतको व्यवस्था हुनुपर्ने जनाइएको छ । औसत कमजोर विद्यार्थीका लागि छात्रवृत्तिसरह अतिरिक्त ट्युशन कक्षाका साथै शारीरिक अशक्त अवस्थालाई हेरेर अपाङ्गमैत्री भ¥याङ, कक्षाकोठा र पठनपाठन विधि अवलम्बन गर्न माग गरिएको छ ।
०६४ सालमा स्थापित नगरकै एकमात्र सामुदायिक क्याम्पसले अवको शैक्षिक शत्रबाट स्नातकोत्तर कक्षा सञ्चालनको अनुमति पाएकोप्रति विद्यार्थीहरुले वधाई ज्ञापन समेत गरेका छन् । जनक पोखरेलका साथै प्रकाश चौहान, नीता राई, मुकेश राई, विवेक न्यौपाने, उज्वल लकान्द्री, एलिना दियाली, कविता चापागाईं, अपेक्षा गुरागाईं, नविनजंग कार्की, धनकुमार मगर, द्रोण सम्वाहाम्फे, कुवेर पौडेल, रीता परियार र कमला दंगालले ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्बन्धित खवर