ट्रिफरले ज्यान लिएपछि सर्व साधारण आक्रोशित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

ट्रिफरले ज्यान लिएपछि सर्व साधारण आक्रोशित

साइनो समचारदाता
विराटचोक । ट्रिपरले ११ वर्षिया वालिकाको ज्यान लिएपछि आक्रोसित सर्वसाधारणले जलाएका ट्रिपर कस कसको थिए भनेर खुल्दै गएको छ । वालिकालाई ठोक्काएर ज्यान लिने ना ३३ ख ३३५५ नम्बरको ट्रिपर विराटनगरका गोपाल शाहको रहेको खुलेको छ । क्रसर व्यवासायी भिम पौडेलको एउटा हाइवा पनि जलेको छ भने केराबारी गाउँपालिकाका गोपाल कार्कीका पनि २ वटा ट्रिपर जलेका छन् । गोपाल केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीका भाई हुन् । आक्रोसित सर्वसाधारणले प्रहरीकै सामुन्नेमा ट्रिपरहरु जलाएका थिए ।
आक्रोसले सिमा नाघेसँगै निरिह बनेको प्रसासनले सुन्दरहरैँचा स्थित विराटचौकमा कर्फूयु आदेश जारी गरेको छ । जिल्ला प्रसासन कार्यालय मोरङले ११ः१५ बजेदेखि अनिश्चितकालिन कर्फयु आदेश जारी गरेको हो । दक्षिणमा बेलेपुर,उत्तरमा विराटचौक,पश्चिममा वुधबारे र पुर्वमा सुकुना क्याम्पससम्मको क्षेत्रमा प्रसासनले कर्फ्यु आदेश जारी गरेको हो । आक्रोसित स्थानियको ठुलो संख्यामा सडकमा उत्रिएपछि प्रहरी प्रसासन भिड सामु निरिह बनेको छ । आक्रोसित भिडले ७ वटा ट्रिपर आफ्नै आँखा अगाडी जल्दा पनि प्रहरी निरिह बनेको थियो।
मोरङको सुन्दरहरैंचा नगरपालिकामा ट्रिपरको ठक्करबाट वालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।स्थानियले वालिकाको शव पनि घटनास्थलमै राखेर नारा जुलुस गरिरहेका छन् । बिराट चौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ७ वटा ट्रिपर जलाएका छन् । घटना विरुद्ध सडकमा उत्रिएका आक्रोसित स्थानियको संख्या अत्यधिक ठुलो छ । राजमार्ग क्षेत्रमा रहेका प्रहरी कार्यालय, प्रदेश प्रहरी, ससस्त्र प्रहरी बलबाट ठुलो संख्यामा प्रहरी परिचालन भएका छन् । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा को ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । आक्रोसित स्थानीय वासिन्दा सोही ठाउँमा गएर ट्रिपर जलाएका छन् । आक्रोससित स्थानियले सडकमा गुडेका अन्य सात वटा ट्रिपरमा आगजनी र तोडफोड गरेका छन् ।

सम्बन्धित खवर