दोस्रो सुदेश सुब्बा मेमोरियल कप सुरु - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

दोस्रो सुदेश सुब्बा मेमोरियल कप सुरु

साइनो समदारदाता पथरी /सुनसरी इटहरी स्थित हिमशिखर स्कूलको आयोजनामा सुरु भएको अन्तर प्राथमिक विद्यालय स्तरीय दोस्रो सुदेश सुब्बा मेमोरियल कपको उद्घाटन खेलमा आयोजक हिमशिखर स्कूलले प्याराडाइज स्कूललाई ० का बिरुद्ध ७ गोलको फराकीलो गोल अन्तरले बिजयी सुरुवात गरेको छ । त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूलले ३–० को गोल अन्तरले हिल भ्यु स्कूललाई पराजित गरेको छ । बहुभाषि खेल मैदान तरहरामा संचालित खेल माघ २० गते सम्म संचालन हुनेछ ।


स्वर्गीय सुदेश सुब्बाको स्मृतीमा आयोजना गरिएको फुटबल कपमा सुनसरी जिल्ला भरिका उत्कृष्ट १६ टिमको सहभागिता रहनेछ । २०७४ साल बाट सुरु भएको सुदेश सुब्बा मेमोरियल हिमशिखर कपको दोस्रो संस्करणको विजयी टिमले नगद १५ हजार र उप–विजेता टिमले नगद १० हजार ट्रफि , मेडल सहित १७ थान ट्रयाक सुट प्राप्त गर्नेछन् । प्रतियोगीतामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरीने छ भने प्रतियोगीता विभिन्न विधातर्फ उत्कृष्ट घोषित खेलाडीहरुलाई व्यक्तिगत पुरस्कार समेत प्रदान गरीने आयोजक हिमशिखर स्कूलका प्रधानाध्यापक शैलेश पुरी ले जानकारी गराएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य भएकाले हिमशिखर स्कूलले जिल्ला स्तरीय प्राथामिक तहका विद्यार्थीलाई समेटेर आयोजना गरिएको खेलकुदको सफलताको कामना सहित आयोजक स्कूललाई बधाइ दिनु भएको छ ।

सम्बन्धित खवर