साइनो समदारदाता
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार पुत्ला दहन गरेको छ । प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पस अगाडिको सवारी आउन जानसमेत प्रभावित बनेको थियो ।
बिहान राजधानीको पशुपति क्याम्पस अगाडि चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेवि संघका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । विधेयक पास भए पछि चिडिएको प्रतिपक्षी कांग्रैसले आन्दोलनको चेतावनी दिइरहेका कार्यक्रम गरेको हो । बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न नेवि संघले माग गरेको छ ।