गोपाल काफ्ले पथरी / निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङको मंगलवार देखी जारी दशौं प्याब्सन स्पोर्टस् मिटमा सुन्दर हरैचाको पुर्वाञ्चल एकेडेमीले प्रथम सिल चुम्न सफल भएको छ ।
जिल्ला भरका ८४ वटा निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा हजार भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका थिए । २४ वटा बिद्यालयले स्वर्ण, रजत र कास्य प्राप्त गर्न सफल भएका छन् । सुन्दर हरैचाको पुर्वाञ्चल एकेडेमीले ३ स्वर्ण ४ रजत र २ कास्य पदक प्राप्त गर्दै प्रथम हुन सफल भएको छ । त्यस्तै सुन्दर हरैचाको शिदार्थ एकेडेमीले २ स्वर्ण ५ रजत र २ कास्यपदक र सुन्दरहरैचाकै ब्राइट फ्युचरले ४ स्वर्ण र १ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे बिराटनगरको गौतमबुद्द मेमोरीयलले ३ स्वर्ण १ रजत र २ कास्य पदक पाउदै खेलको तेस्रो स्थान हासिल गरेको छ । बालसदन एकेडेमिले २ स्वर्ण १ रजत र १ कासय, शिसु शिक्षा सदनले २ कास्य, भृकुटी मोडल एकेडेमि २ स्वर्ण, मदर टेरेसा मोमोरीयलले २ स्वर्ण, सिंहदेवी एकेडेमिले बेलवारीले २ स्वर्ण, युनिक एकेडेमिले २ रजत १ कास्य, गोदावारी बिद्या मन्दिरले १ रजत ५ कास्य, मुनाल आदर्स बिद्या सदनले १ रजत, जुपिटर स्कुलले ५ रजत, बाल प्रतिभा सेकेण्डरीले १ कास्य, शिक्षा सदन बेलवारीले १ रजत, मडन एरा विराटनगरले १ कास्य, डिएभी स्कुल बिराटनगरले १ स्वर्ण, २ कास्य, दुलारी मल्टीपलले १ स्वर्ण, १ रजत र १ कास्य, बिकेभियम बिराटनगरले १ स्वर्ण, मदरल्याण्डले सुन्दरहरैचाले १ स्वर्ण, २ रजत, एभरेष्ट पथरीले २ कास्य, बालजगत बेलवारीले १ कास्य, जनक मेमोरीयल झोराहाटले १ कास्य, न्यु पेगोडा पथरीले १ रजत पाउन सफल भएका छन् । छात्रा तर्फको भलीवलमा पथरीको रेडस्टारले प्रथम पुरस्कार पाउन सफल भएका छन् । मदरटेरेसा बिराटनगरका ओम यादव उत्कृट छात्र खेलाडी घोषित भएभने ब्राइट फ्युचर शुन्दरहैचाका शोभा कार्की र अनिता बुढाथोकी उत्कृष्ट छात्रा खेलाडी घोषित भए ।
प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश रहेका थिए । विजयी खेलाडीहरुलाई बेलवारी नगरपालीका प्रमुख ज्ञानेन्द्र सुवेदिले पुरष्कार तथा प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।