साइनो समचारदाता
दमक । लिम्बु विद्यार्थी मञ्चले किरात भवन, दमक झापामा माघ ११ गते शुक्रवार ‘लिम्बुवान बहस’ कार्यक्रम गर्ने भएको छ । मञ्चले लिम्बु विद्यार्थी अभियान (लिवि अभियान) अन्तर्गत बहस गर्न लागेको हो ।
बहसमा लिम्बुवान क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रदेश सांसदहरु, समाजिक संघसंस्थाका अगुवा, लेखक, बुद्धिजिविसहित सरोकारवालाहरुको वृहत सहभागिता रहने मञ्चले जनाएको छ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवो, पूर्व कानुन मन्त्री कांग्रेस नेता नरेन्द्रविक्रम नेम्बाङ्ग, प्रदेश सभा सदस्यहरु टंक आङबुहाङ्ग, कुलप्रसाद साम्बा, खिनु लङ्वा, आरसी लिम्बु, विष्णुमाया तुम्बाहाम्फे, सीतादेवी थेवे, संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्गदेन, राष्ट्रिय जनमुक्ति अध्यक्ष केपी पालुङवा, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङवा, संघीय समाजवादी फोरम नेपाल, लिम्बुवन प्रदेश समितिका मुख्य सचिव लोकसागर साम्बा, नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरिया, किरात याक्थुङ्ग चुम्लुङ्गका सचिव चन्द्रकुमार आङ्देम्बे, संयुक्त लिम्बुवान संघर्ष समितिका संयोजक ध्रुब मेन्याङ्बो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव कमन देवान, धिमाल जाति विकास केन्द्रका महासचिब केदार धिमाल, पूर्व प्राध्यापक भीम इजम, कांग्रेसका युवा नेता बीपी अध्ययन प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्रविक्रम नेम्बाङ्गलगायत बक्ताको रुपमा बोल्नेछन् । प्रदेशको नामाङ्कन के राख्ने विषयमा १ नम्बर प्रदेशमा चर्चा चलिरहेको बेला वक्ताहरुले समसामयिक लिम्बुवान आन्दोलन विषयमा आफना विचार राख्ने र बहसको निष्कर्ष निकालिने मञ्चका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विक्रम शेर्माले जानकारी दिए ।
विहान ११ वजे हुने कार्यक्रमको रेडियो माङ्सेबुङ १०४.६ मेघाहर्ज र लिम्बु विद्यार्थी मञ्चको फेसबुकबाट लाइभ गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक मञ्चले जनाएको छ ।