
बेलकारी । मोरङको बेलबारी नगरपालिकाको डागीहाटमा १० आँै प्याप्सन स्पोर्ट मिट २०७५ सूरु भएको छ ।
मंगलबार प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्द तुम्बाहाङले स्पोर्ट मिटको उद्घाटन गरेका छन् । तीनदिन सम्म चल्ने कार्यक्रममा मोरङका ८४ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रतियोगिता सामेल भइरहेका छन् । आयोजक प्याप्सन मोरङले पहिलो पटक सदरमुकाम बाहिर कार्यक्रममको आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

