भष्ट्रचारको समाचार लेख्दा वडा अध्यक्षको छोराबाट पिटिए पत्रकार तेजन खड्का - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

भष्ट्रचारको समाचार लेख्दा वडा अध्यक्षको छोराबाट पिटिए पत्रकार तेजन खड्का

मोरङ। सरकारी अनुदानको मकैको बीउ कृषकलाई बिक्री गर्ने मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकको कुकृत्य सार्वजनिक भएपछि पत्रकार माथि कुटपिट गरिएको छ ।

नगरपालिकाले आफ्नो वडाका कृषकलाई बिनाशर्त निशुल्क वितरण गर्न भनेर दिएको ३ लाख मुल्य बराबरको मकैको बीउ वडाध्यक्षहरु कार्की र फ्याकले वडामा लगेर बिक्री गरेका थिए ।

सोही समाचार हाम्राकुरा डटकम लगायत सञ्चार माध्यममा सम्प्रेषण गरेको भन्दै शनिवार बेलुका उर्लाबारीका पत्रकार तेजन खड्का माथी आक्रमण भएको हो । खड्कालाई वडाध्यक्ष बम बहादुर फ्याकका छोरा कमल फ्याकले हातपात गरेका हुन् ।

घरमै रहेका खड्कालाई मदिरा पियर आएका कमलले एक्कासी किन समाचार लखिस भन्दै हातपात गरेका थिए । छोरामाथि एक्कासी आक्रमण भएपछि छुट्टयाउन गएकी खड्काको आमालाई पनि कमलले लछारपछार गर्दै दुर्व्यवहार गरेका छन्।

घटनाको जानकारी स्थानियले गराएपछि इलाका प्रहरी कार्यालय उर्लावारी आक्रमण गर्ने कमललाई नियन्त्रणमा लिएको छ। कमल फ्याकले पत्रकारहरुलाई अपशब्द प्रयोग गरेर सामाजिक सञ्जालमा गाली गलौज पनि गरेका थिए।

समाचार लेखेकै आधारमा पत्रकार खड्कामाथि वडा अध्यक्षका छोराले आक्रमण गर्ने कायको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषी कमल फ्याकलाई कार्वाहीको माग गर्दै भएरहित वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरणका लागि सरोकारवाला पक्षसँग माग गरेका छन्।

सम्बन्धित खवर