‘पहिचानवादीहरुको एकता, आवश्याक्ता’–पालुङ्वा - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

‘पहिचानवादीहरुको एकता, आवश्याक्ता’–पालुङ्वा


सन्तवीर लामा
धनकुटा । पहिचानबादीको तेस्रो बैकल्पिक शक्तिको रुपमा सबै दल एकीकरण हुने कुरा रास्ट्रीय जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपि पालुङ्बाले बताएको छ ।
पार्टीको २८ औ स्थापना दिवस कार्यक्रमको अवसरमा अध्यक्ष पालुङ्बाले आइतवार धरानमा यस्तो कुराको खुलासा गरेका हुन । काङ्ग्रेस नेकपाले जबर्ज्स्ति दुईवटा मात्र पार्टी बनाउन खोजे पनि अर्को पहिचानवादी शक्तिशाली बैकल्पिक पार्टी निर्माण हुने बताए। पार्टी एकीकरणको लागि संघीय समाजवादी फोरम नेपाल, राजपा, संघीय लिम्बुवान पार्टीसंग संवाद भैरहेको खुलासा समेत गरे।तर नीतिगत तथा वर्तमान संविधानका अन्तर्वस्तु बारे स्पष्ट हुन बाकी रहेकोले छलफल जारी रहेको बताए। राजपाले मधेस केन्दृत मात्र कुरा गरेको धर्मको बारे मौन रहेको बताए । तर जनमुक्तिले धर्म निरपेक्षको पक्षमा अडान रहेको बताए । संघीय समाजवादी फोरमले मार्कसवाद सिद्धान्त अगालेर संघीयताले जातीय समस्याको समाधान भनिएकोमा रास्ट्रीय जनमुक्तिले त्यसमा माक्र्सवादी सिद्धान्त मान्ने हो भने त नेकपा संग एकीकरण गर्दा हुने र संघीयता आउदैमा जातिय समाधान नहुने स्पष्ट पारेको बताए।बाबुराम भट्टराईको पार्टी आफै संवाद समितिमा बसेर पछि आफै वर्खिलाप गरेको बताए। रास्ट्रीय जनमुक्ति पार्टी दलीय समानुपातिक नभै जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने स्पष्ट रहेको बताए । संविधानलाई संशोधन होइन राजनीतिक सहमतिमा पुनर्लेखन गर्नुपर्ने भन्दै पटकपटक संशोधन गरिरहनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । संविधानको अन्तर्वस्तु तथा पार्टीको नीति सिद्धान्त क्लियर भएको खन्डमा सबै पहिचानवादी पार्टी एक हुन सकिने बताए । सुनसरी जिल्ला अध्यक्ष विवेक राईको अध्यक्षतमा सम्पन्न २८ औं स्थापना दिवश तथा शुभकामना आदन प्रदान कार्यक्रममा अनुशासन तथा मुल्याङ्गकन विभाग सह–संयोजक तिर्थ राई, संघीय परिषद सदस्य विष्णु थाम्देन, संघीय महासभा सदस्य खड्ग सेन्च्यौरी, रामवहादुर श्रेरेङ्ग लिम्वु,संघीय लिम्वुवान पार्टी सुनसरी अध्यक्ष श्याम भुजेल लगायतले शुभकामना मन्तव्य गरेका थिए ।


त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति, धनकुटाले पनि पार्टीको २८ औं स्थापना दिवश धनकुटाको मुलघाटमा रहेका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको मनाएको छ । पार्टीका संघीय परिषद सदस्य लोक आङ्गलाको प्रमुख आतित्थ्यमा सम्पन्न फलफूल वितरण कार्यक्रममा नेपाल स्वतन्त्र विद्यार्थि मोर्चाका केन्द्रिय अध्यक्ष प्रदिप नयोङ्ग लिम्वुको पनि उपस्थिति रहेको थियो । विश्रान्तिमा रहेको २७ वृद्धा सहित ४५ जनालाई पार्टीको तर्फवाट फलफूल वितरण गर्नुको साथै शुभकामान आदन प्रदान कार्यक्रम आयोजना गरिएको पार्टीका धनकुटा जिल्ला अध्यक्ष सविला मोक्तानले वताएका छन् ।
सो अवसरमा वृद्धवृद्धाहरुको तर्फवाट पार्टीलाई विश्रान्तिका व्यवस्थापक कमला दाहालले धन्यवाद ज्ञापन गरेका थिए भने भजनकृतन समेत आयोजना गरेर आशिर्वाद प्रदान गरेका थिए ।

सम्बन्धित खवर