कर्मचारीलाई कम्प्युटर तालिम - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

कर्मचारीलाई कम्प्युटर तालिम


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गतका कर्मचारीहरुको क्षमता विकासका क्रममा ‘कम्प्युटर अपरेशन् तथा अनलाइन घटना दर्ता तालिम’ सुरु भएको छ । नगरपालिका कार्यालयद्वारा आयोजित १० दिने तालिममा प्रत्येक वडा कार्यालयमा कम्प्युटर र पञ्जीकरणमा काम गर्ने २,२ जनाका दरले सहभागी गराइएको छ ।
तालिममा दमक नगरपालिकाका आइटी अफिसर समिप चुडाल, पथरीशनिश्चरे नगरपालिकाका आइटी अफिसर दिपकजंग तामाङ, नगरपालिकाका कम्प्युटर प्राविधिक केशव खतिवडाले सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर