स्वर्ण महोत्सवमा राष्ट्रपति आउने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

स्वर्ण महोत्सवमा राष्ट्रपति आउने

गोपाल काफ्ले पथरी / मोरङको कानेपोखरी–६, स्थीत रमाइलोको जनसेवा माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । स्थापनाको ५० औ वर्ष पुगेकोे उपलक्ष्यमा मनाउन लागेको स्वर्ण महोत्सवमा सम्माननिय राष्ट्रपति विध्यादेवि भण्डारीले उद्धघाटन तथा समापन गनुहुने भएको छ ।


सात दिन सम्म हुने स्वर्ण महोत्सवकोे माघ १९ गते देखि सुरु भई माघ २५ गते सम्माननिय राष्ट्रपति विध्यादेवि भण्डारीको उपस्थीतिमा उद्धघाटन तथा समापन हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
स्वर्ण महोत्सवमा बिध्यालयले माघ १९ गते सास्कृतिक प्रस्तुति, प्रभात फेरी र खुला म्याराथुन दौड गर्ने छ भने २० देखि २३ गते सम्म विध्यालय सरसफाई र मञ्च व्यावस्थापन, २४ गते पूर्व विध्यार्थीहरुको पुर्न्मिलन र २५ गते विहान ११ वजे सम्माननिय राष्ट्रपतिको उपस्थीतिमा स्वर्ण महोत्सवको मुल समारोह उद्धघाटन तथा समापन गरिने कार्यक्रम संयोजक खेम पौडेलले बताए ।
२५ गते राष्ट्रपतिको बाहुलिबाट विद्यालयको स्वर्ण स्तम्भको उद्घाटन गर्ने सहित बिध्यालयमा योग्दान गर्ने ब्याक्ती र पुर्व बिध्यार्थीलाई सम्मान गर्दै स्मारिका अनावरण गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्यालले बताए ।
बिध्यालयको उन्नती प्रगतिमा साथ दिन पूर्व विद्यार्थी हरि फुयलले आफ्ना स्र्वर्गीय बुबाको स्मृतीमा १ लाख, सुरेश कार्कीले १ लाख, पुन्य प्रसाद बरालले विद्यालयको भौतिक निर्माणका लागी १ लाख ११ हजार १ सय ११, तुलाराम गुरुङले ५० हजार दिने भएको छन भने तुलसी वस्तीले १ लाख बराबरको विद्यालयलाई कम्प्युटर विद्यालयलाई सहयोग गर्ने भएका छन् । २०६१ सालको एसएलसी व्याजका विद्यार्थीहरुले विद्यालयमा मल्टिमिडिया कक्षाको लागी रु १ लाख दिने भएको छ । २०४३ सालको एसएलसी व्याजले सरस्वतीको प्रतिमा निमार्ण गर्ने भएका छन भने अन्य पूर्व विद्यार्थीहरुबाट विद्यालयमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिध्यालयले स्वर्ण महोत्सपको लागि अनुमानित ४ लाख खर्च लाग्ने बताएको छ ।

सम्बन्धित खवर