साइनो समचारदाता
पथरी । नगर खेलकुद् विकास समिति पथरी शनिश्चरे, मोरङले जुनियर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
माघ ५ गतेदेखि स्थानीय भागीरथ माविको खैल मैदानमा हुने प्रतियोगितामा ११ टिमले सहभागीता जनाएको थियो । २०–२५ केजी, ३०–३५ केजी, ३५–४० केजी, र ४०–४५ केजी खेलाडी तौल समूहमा हुने प्रतियोगितामा पथरी, सुन्दरहरौचा, विराटनगर, बेलबारी र रंगेलीका खेलाडीहरुको स्पर्धा गर्नेछन् । प्रतियोगितामा १ लाख ५ हजारको खर्चमा हुने राज तिर्वा (विश्वकर्मा)ले बताएका छन् ।