दिवसमा सहिद परिवारलाई रोजागार र घाइतेलाई राहत - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

दिवसमा सहिद परिवारलाई रोजागार र घाइतेलाई राहत

जनकपुर । मधेस आन्दोलनका सहिद परिवारलाइ रोजगार र घाइतेलाई राहत वितरण गर्ने भएको छ । प्रदेश–२ को सरकारले प्रदेशका आठै जिल्लामा सहिद तथा घाइते परिवारको तथ्यांक संकलन गरी माघ ५ गते बलिदानी दिवसको अवसरमा रोजगार र राहत दिने भएको हो । दिवसमा आठ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका ५८ सहिदको तथ्यांक फेला परेको मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयले जनाएको छ । सो तथ्यांकलाई आधार मानेर सरकारले ४६ जनाका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ ।


अन्य १२ सहिदमा बाराको फेटा १ का स्व. मजिद महम्म्द मंसुरकी श्रीमतीले अस्पतालमा जागिर पाएकी छिन् । पर्सा विरगंज १६ का स्व.सोहनप्रसाद गुप्ताकी श्रीमती वडा सदस्यमा निर्वा्चित छिन्। पकहा मैनपुरका स्व. सत्रुधन पटेलकी आमा उपमेयरमा निर्वाचित छिन् । महोत्तरीको बर्दिबास नगरपालिका ८ का रामशिला मण्डलका रोजगारी गर्ने कोही छैनन्। त्यसैगरी महोत्तरीकै जलेश्वर नगरपालिकाका स्व. गणेशप्रसाद चौधरीकी बुहारी र स्व. रोहनप्रसाद चौधरीकै आमा प्रदेश सभामा सदस्य पदमा निर्वाचित छिन् ।
मनरा सिसवा नपा ८ का स्व. उमेश कापरको श्रीमती उद्योग पर्यटन मन्त्रालयमा जागिर पाइसकेकी छिन् । महोत्तरी गापा २ का रामविवेककुमार यादवको श्रीमती मुख्य न्यायाधिवक्ताको कार्यालयमा जागिर पाएकी छिन् । जनकपुर १९ का नितु यादवका दाजु नगर प्रहरीमा जागिर पाइसकेका छन्। सर्लाही बरहथवा नपा १७ का रामएकवाल रायकी पत्नी २०६४ सालमा सभासद् भइसकेकी छिन् । त्यसैगरी सप्तरी हनुमाननगर ३ का रामकृष्ण राउत र राजविराज ७ का स्व. दिलिपकुमार साहको परिवारमा जागिर गर्ने कोही छैनन्।
त्यसैगरी आन्दोलनको क्रममा गोली लागि घाइते भएका तथा शरीर अंगभंग भएकालाई अवस्था हेरी ५० हजारदेखि ३ लाखसम्म राहत उपलब्ध गराइने भएको छ। पहिलो चरणमा ९७ जना घाइतेलाई राहत दिने निर्णय मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकबाट भएको छ। पुस २९ गते बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका घाइतेलाई राहत तथा सहिद परिवारबाट एकजनालाई रोजगारीको व्यवस्था मिलाउने निर्णय गरेको थियो । यता, प्रदेश सरकारले माघ ५ गते मधेस आन्दोलनमा शहादत प्राप्त गरेकाको स्मरणमा बलिदानी दिवस मनाउने भएको छ । यस वर्ष सरकारले सिरहा जिल्लाको लहानमा दिवस मनाउने निर्णय गरेको अन्नपूर्णले खेलेको छ ।

सम्बन्धित खवर