जनसेवाले स्वर्ण महोत्सव मनाउने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

जनसेवाले स्वर्ण महोत्सव मनाउने

 

साइनो समचारदाता
कानेपोखरी ।
जनसेवा माध्यमिक विद्यालय, कानेपोखरी मोरङले माघ १९ देखि २७ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।
स्वर्ण महोत्सव मनाउन विद्यालयले ब्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद अर्यालको अध्यक्षतामा १९१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देलका अनुसार विभिन्न ७ वटा उप समिति समेत गठन भएका छन् । सिग्देलका अनुसार खेमनाथ पौडेलको संयोजकतवमा प्रचार प्रसार, राजकुमार बरालको संयोजकत्वमा स्मारिका प्रकाशन, भोलाप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन,प्रमोद निरौलाको संयोजकत्वमा पुरस्कार तथा सम्मान र टङ्कबहादर अधिकारीको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उप समिति गठन गरिएको छ । यस्तै निर्माण उप समिति काशीराज थापाको संयोजकत्वमा गठन भएको छ भने मञ्च सजावट र अतिथि सत्कार उप समितिको संयोजक तोकिएको छैन् । यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रदेश सभा सदस्य सुयर्माराज राई, गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, उप प्रमुख राजमति इङ्नाम र पूर्व प्रधानाध्यापक तुलाराम गुरूङ छन् ।

सम्बन्धित खवर