‘सहिद रत्न कुमार वान्तावाको सपना पुरा गर्ने संकल्प’–मुख्य मन्त्री राई - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

‘सहिद रत्न कुमार वान्तावाको सपना पुरा गर्ने संकल्प’–मुख्य मन्त्री राई

साइनो समचारदाता 

पथरी । सङ्घीयता असफल भएको हल्ला चलाएर संविधान र गणतन्त्रलाई असफल बनाउन कसैले नसक्ने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । सङ्घ र प्रदेशमा स्थिर र बलियो सरकार भएकाले पुर्नउत्थानबादीलाई खुट्टा नउचाल्न आग्रह गरेका उनले सङ्घीयता र गणतन्त्र नयाँ बाटो भएकोले यात्रामा केही अलमल भएको स्वीकारेका छन् ।

कार्यक्रमका प्रमुख अथिति, अथिति लगायत ।

मोरङको पथरीशनिश्चरेमा फ्रेण्डसीप चेस क्लवले शनिवार आयोजना गरेको शहिद रत्नकुमार बान्तवा राष्ट्रिब्य खुल्ला चेस प्रतियोगिताको समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । पूर्व राजा र पुर्नउत्थानबादीहरू उत्साहीत नहुन आग्रह गर्दै तीनै तहको सरकार सही बाटोमा लागेको बताए । उनले भने, ‘समृद्धि र बिकास सरकारको पहिलो लक्ष्य हो ।’ मुख्यमन्त्री राईले बुद्धिचाल खेललाई पनि अरु खेललाई जस्तै महत्व दिनु पर्नेमा जोड दिदै भनेका छन्, ‘बुद्धिचाल खेल बौद्धिक अभ्यास मात्र होइन, यसले स्वाभाविक गतिमा हिड्न सिकाउँछ । दुस्हासिक कदम चाल्दा कसरी पतन भइन्छ भन्ने ज्वलन्त उदाहरण बुद्धिचाल खेलबाट सिक्न सकिन्छ ।’ मुख्यमन्त्री राईले चेसको गोटी चालेर खेलको उद्घाटन पछि सुरु भएको प्रतियोगितामा देशभरका १सय ४० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय पदाधिकारी र प्राविधिक टोलीको समेत उपस्थिति रहेको छ । प्रतियोगिता ९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता उद्घाटन गर्नेक्रममा मूख्य मन्त्री र एभरेष्ट माविका निर्देशक रविन कन्दङ्बा .

सम्बोधनको क्रममा मूख्य मन्त्री ।

सम्बन्धित खवर