साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेका विद्यार्थी स्नाकोत्तर अध्ययन गर्न छिमेकी स्थानीय तह उर्लाबारी, सुन्दरहरौचालगायतका स्थानमा खोलिएको विश्वविद्यालयमा जानुपर्ने बाध्यता थियो । त्यो बाध्यता रहेन अब । पथरी बहुमुखी क्याम्पसले स्नातकोत्तरमा एमएडको कक्षा संचालन गर्ने स्वीकृति पाएको छ ।
शैक्षिक सत्र २०७५÷०७६ बाट पथरी बहुमुखी क्याम्पसले शिक्षाशास्त्र संकायको नेपाली विषयको कक्षा संचालनका लागि माघ २ गते बुधबार अनुमति पाएको हो । अनुमति पाए सँगै एमएडको लागि प्रवेश फारम खुलेको छ । प्रवेश परीक्षा २०७५ माघ १९ गते हुने क्याम्पस प्रमुख चेतन पौडेलले बताए । अन्य क्याम्पसमा गएर प्रवेश परीक्षाका लागि फाराम भरिसकेका विद्यार्थीहरुले पनि पथरी बहुमुखीमा नै अध्यन गर्न चाहेमा क्याम्पसले त्यसको व्यवस्थापन मिलाउने कुरा क्यम्पस प्रमुख पौडेलले बताए । यस अघि स्नातक तहमा शिक्षा शास्त्र, व्यवस्थापन र मानविकी संकाय (बीएड, बीबीएस र बीए)को अध्यन÷अध्यापन भइरहेको थियो ।
२०६४ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा अहिले ५सय ४८ जना विद्यार्थी अध्ययन गर्दै आएको छ । स्नाकोत्तरमा अरु विषय पनि क्रमश थप्दै जाने क्याम्पस प्रमुख पौडेलले बताए ।