मन्त्री आङ्बोद्वारा आन्दोलन गर्न आग्रह - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

मन्त्री आङ्बोद्वारा आन्दोलन गर्न आग्रह

साइनो समचारदाता
पथरी । आर्थिक मामिला तथा योजना मन्त्री मौसम आङ्बोले अधिकारको निम्ती आन्दोलन गर्न जनातालाई आग्रह गरको छन् ।

बुधबार मोरङको पथरीशनिश्चरेमा आयोजित स्वर्गीय लालसोर सेन्दाङको सालिक अनाबरण कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले जनतालाई आन्दोलन गर्न उस्काएका हुन् । राजनैतिक आन्दोलनले जनजागरण जनतामा ल्याएकाले संविधानमा कुनै जातिको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको विशेष व्यवस्था रहकाले अधिकार खोज्न आग्रह जनतालाई गरेका छन् । ‘नेपालको संविधान २०७२ ले निश्चित एउटा जातिहरुको विशेष क्षेत्र, स्वायत्त स्वायत्त क्षेत्रहरुको परिकल्पना गरेको छ ।’ उनको आग्रह गरेका छन्, ‘क्षेत्रको विकासको निम्ती, त्यसको अधिकारको खोजीको निम्ती लाग्न सबैलाई आग्रह गर्छु ।’ मन्त्री मौसम आङ्बोले २०६२÷०६३ को जनआन्दोलन पछाडि संविधान निर्माणको क्रममा भएको पहिचानको जागरण आन्दोलनले भाषा साहित्य संरक्षणको हुदै गएको बताएका छन् । भाषा, लिपि साहित्यको संरक्षण र समाज सुधार गर्ने अग्रज फाल्गुनन्द लिङ्दन, सिरिजंगा सिंह थेबे, इमानसिंह चेम्जोङ, लालसोर सेन्दाङलाई सम्झन, गर्भ गर्ने परम्परा क्रमशः स्थापित हुदै आएको बताउँदै उनले आफ्नो भाषा साहित्य र इतिहास कहिल्यै भुल्न नहुने र इतिहासलाई स्थापित गर्दै जानुपर्ने तर्क गरे । उनले लिङ्देन, थेबे, चेम्जोङ, सेन्दाङलाई युग पुरुषको संज्ञा दिदै युग पुरुषहरुलाई विकास र संवृद्धिमा जोडनुपर्ने बताए । ‘विकास र संम्वृद्धिमा युगपुरुषलााई जोडेर ल्याउनुपर्छ । युगपुरुषहरको नाममा विकास र सम्बृद्धि गर्नुपर्छ ।’ उनले भने, ‘भाषा लिपि संरक्षणमा सरकार लागि पर्छ ।’ १७५ औ जन्मजयन्ती को अवसरमा लालसोर सेन्दाङलाई सम्मान र श्रद्धान्जली मन्त्री आङ्बोले व्यक्त गरेका छन् । पथरीमा स्थापना गर्ने भनिएको आदिवासी संग्राहलयको विषयमा प्रदेश सरकारले निर्णयनै गरिसकेकाले संग्राहलय बन्नेमा ढुक्क हुन आग्रह गरेका छन् । उनले कार्यदल निर्माण गरेर काम भइरहेको बताउँदै कार्यदलले योजना पेश गरेपछि आवश्यक थप योजना बन्ने बताए ।
सोधुङ सेन्दाङ समाज कल्याण केन्द्र झापा, मोरङ सुनसरीको निर्माण गरेको सालिकमा निर्माणमा ११ लाख सहयोग संकलन गरेको, करिब ८ लाखमा शालिक निर्माण गरिएको बताइएको छ ।

सम्बन्धित खवर