साइनो समचारदात
पथरी । आदिवासी जनजाति चलचित्रहरु अहिले धमाधम निर्माण हुन थालेका छन ।
लामो समयदेखि नेपाली चलचित्र र भाषिक चलचित्र निर्देशन गरिरहेका किसोर सुब्बालाई अहिले भ्याइनभ्याइ छ । निर्देशक किशोर सुब्बा द्रारा निर्देशित चलचित्र ‘साम’ रिलिज नसकिदै फेरि अर्का लिम्बू सामुदायिक बिषय रहेको चलचित्र ‘थेत्लुङ’को छायांकनको लागि सुटिङ युनिट सहित सुब्बा सिक्किम र दार्जिलिङ्गतर्फ प्रस्थान गरेका छन । सिक्किम बाट बन्न लागेको यो चलचित्र पहिलो रहेको उत्त चलचित्रमा मनि तम्लिङ्ग लिम्बू र बिराज लिम्बुको लगानी रहेको छ । दिनेश माङ्मुले कोरियोग्राफी गर्ने छन भने संगीत कुर्बा सुब्बाको रहेको छ ।
चलचित्रमा विशाल सेनेहाङ्ग लिम्बू, दिब्या लिम्ब दिनेश माङ्मु लगायद सिक्किमे कलाकारहरुको अभिनय रहने स्रोतले बताएका छन । चलचित्रको सम्पुर्ण छायांकन सिक्किम र दार्जिलिङमा हुने छ भने ५० लाखको लागतमा चलचित्र निर्माण हुने भएको छ ।