‘संसोधन अगाडि, अनि मात्र प्रदेशको नामाङ्कन’ - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

‘संसोधन अगाडि, अनि मात्र प्रदेशको नामाङ्कन’

साइनो समचारदाता

दमक । प्रदेश नम्बर १ को नाम बारे बहस चलिरको बेला प्रदेश नम्बर १ की प्रदेश सासंद विष्णुमाया तुम्बबाहाङ्फेले संविधान सशोधन पछि मात्र प्रदेशको नाम राख्नु पर्ने बताएकी छिन् । उनले भनिन्, ‘संविधान संशोधन अगाडि गर्नुपर्छ, अनि मात्र नामाङ्कन गर्नुपर्छ ।’
१ नम्बर प्रदेशको नाम लिम्बुवान, किरात खम्बुवान राख्नु पर्ने जिकिर गर्दै उनीले अधिकार प्राप्तीका लागि आगनमै आन्दोलन गर्नुपर्ने बताएकी छिन् । उनले भनेका छिन्, ‘अधिकार प्राप्तीको लागि सिंहदरबार जानुपर्दैन । अब हाम्रो आगन विराटनगरमै आन्दोलन गर्नुपर्छ ।’ पहिचान र संघीयताको लडाई व्यक्तिगत कुरा नभएको बताउँदै आन्दोलन लागि सबै तयार हुनुपर्नेमा जोड दिइन् । उनले प्रदेशको नामाङ्कनको लागि कुनै छलफल नभएको बताइन् ।
कार्यक्रममा किरात राई विद्यार्थी संघका उपाध्यक्ष रामचन्द्र राई, चुम्लुङका प्रदेश सदस्यत्रय सेसेहाङ फियाक, इक्सा चेम्जोङ, पूर्व सभाषद विश्वदिप लिङ्देन, मञ्चका पूर्व महासचिव लोकसागर साम्बा, साहित्यकार पुष्प लोवा, फरक आयामका अभियन्ता जितेन मुस्कानलगायतले सम्बोधन गरेका थिए ।
मंगलबार झापाको दमकमा लिम्बु विद्यार्थी मञ्च र किरात याक्थुङ चुम्लुङले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

सम्बन्धित खवर