साइनो समचारदाता
पथरी । प्रदेश नम्बर १ को पथरीशनिश्चरे नगरपालिकामा भने कक्फेक्वा तङ्नाम तथा किरात यले सम्बत् धुमधाम मनाएको छ । मंगलबार किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मनाएको छ ।
चुम्लुङकी केन्द्रीय सदस्य खिनामाया लिम्बु, प्रदेश सदस्य सन्तोष सिरेङ, जिल्ला सल्लाहकार गोविन्द वनेम, नगर निवर्तमान अध्यक्ष धनप्रसाद सावालागयतले तङनाम र सम्बत्को बारेमा प्रष्टाउदै शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा जेहेन्दार छात्रवृद्धिलाई समेत वितरण गरेको नगरसचिव विक्रम लिम्बुले बताए ।