साइनो समचारदाता
साइप्रस । किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा नेपाली भेट्घाट रेस्टुरेन्ट लिमासोलमा मौलिक महान् चाड चासोक तङ्नाम भव्य रुपमा मनाइएको छ ।
जनवरी ६ तारिकका दिन चुम्लुङले पहिलो पटक चासोक मनाएको हो । चासोकमा एन आर एन ए साइप्रसकी कोषाध्यक्ष सरिता चौधरी, महिला सचिव शान्ती राई, शेर्पा किदुक साइप्रस, नेपाल तामाङ घेदुङ संघ साइप्रस, नेपाल मगर संघ साइप्रस, तमु समाज साइप्रस, किरात राई यायोक्खा साइप्रस, चितवन सेवा समाज साइप्रस, काभ्रे सेवा समाज साइप्रस, ने. फे. सो. साइप्रस, नेपाल जनसम्पर्क समिति साइप्रस, राष्ट्रिय जनमुक्ति पार्टी साइप्रस, प्रवासी नेपाली एकता मञ्च साइप्रसलगायत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रचार प्रसारको लागि मिथिला रत्न नेशनल डेलि पेपर र अनलाइन युरोप च्याप्टरका हेड एडिटर, नेपाल समाचार पत्र पेपर र रातो पाटी अनलाइन न्युजका रेपोर्टर दिनेश गौतम, फोटो पत्रकार समिम मियालगायतले सहयोग गरको थियो । गायक गौरब नेपाल, चुम्लुङको तर्फबाट केःलाङ टोली, सांस्कृतिक टोली, याःलाङ टोलीको प्रस्तुतिले कार्यक्रमको रौनकता बढाएको थियो ।
फोटो फिचर