किपट बारे अध्ययन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

किपट बारे अध्ययन


साइनो समचारदाता
मिक्लाजुङ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष कमल तिगेला, समाजशास्त्री डा.कृष्णबहादुर भट्टचनलगायतको टोली लिम्बू समुदायको भूमि अधिकार ‘किपट’ बारे खोजी गर्दै आएका छन् ।
विहिबार लिम्बूहरुको किपट खोजीको क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका—३ टाँडी पुगेर ‘मिभक वंश’ लिम्बूहरुको किपट बारे अध्ययन गरेका छन् । टोलीमा आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बूसमेतले खोज अनुसन्धान गरेका छन् । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँ समितिको आयोजनामा लिम्बूहरुको किपट बारे एक दिने अन्तरक्र्रिया भएको थियो ।
अन्तरक्रियामा बोल्दै डा. कृष्णबहादुर भट्टचनले नेपालको संविधान संशोधन गरेर आदिवासी समुदायको अधिकार स्थापित गर्नुपर्ने बताए । जनयुद्ध भर माओवादीले उत्पीडित समुदायको अधिकारको कुरा उठाएकोले समर्थन गरेको तर युद्ध पश्चात प्रचण्ड, बबुराम भट्टराईलगायतका नेताहरुमा पहाडवाद, पुरुषवाद, वाहुनवाद फर्केकाले समर्थन छाडेको बताए । उत्पीडित आदिवासी समुदायको अधिकार सुनको थालिमा राखेर कसैले नदिने उल्लेख गर्दै संघर्ष गर्नु पर्ने डा.भट्टचनले जनाए ।
चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले मुन्दुमलाई अन्तराष्ट्रिय सम्पदाको सूचिमा सूचिकृत गर्न पहल भइरहेको बताए । भूमि अधिकारको लागि निरन्तर लडिरहने बताउँर्दै सरकारले लिम्बू समुदायको कुरा नसुने राज्यको नीति नमान्न पनि सक्ने चेतावनी उपाध्यक्ष तिगेलाले दिएका थिए ।

सम्बन्धित खवर