पथरी/ आफ्नो बुबाको ५ औं पुन्य तिथीको अवसरमा मोरङ पथरीशनिश्चरे–१ का पर्शु गुरुङले स्कुले बालबालिकालाई ट्रायाकस सुट बितरण गरेका छन । स्व. बाबु पूर्ण बा गुरूङको ५ औं बाषिक पुन्य तिथीमा पथरीशनिश्चरे २ मा रहेको सरस्वती आधारभुत स्कुलका गरिव तथा बिपन्न परिवारका ५१ जना बिध्यार्थीहरुलाई स्कुलले ट्रयाकसुट बितरण गरेका हुन । त्यस्तै गुरुङले उर्लाबारीमा रहेको नमुना बालआश्रममा रहेका ४६ नानिलाई बेलुकाको खान खुवाएर बाबू तिथि मनाएका छन ।
गुरुङले स्कुलमा २५ हजार बराबरको ट्रयाक सुट बितरण गरे भने अनार्थ आश्रममा १० हजार बराबरको खना खुवाएर सहयोग पुर्याएका छन । सामुदायीक स्कुलको स्तर उन्नती खस्कदो भैरहेको बेला यस्ता कार्यले समुदायीक बिध्यालयमा ठुलो सहयोग पुर्ने र आउदा दिनहरुमा स्कुलमा बिध्यार्थीहरुको अकर्षण बढाउन अन्य सहयोगी दाताहरुको परखाईमा स्कुल रहेको वडा सदस्य पर्शुराम न्यौपानेले बताए । गुरुङको सहयोगले सामुदायीक बिध्यालयमा पढ्ने बिध्यार्थीमा हौसला बढेको स्कुलका प्रधानध्यपक रमेश सुबेदीले बताएको छ । पथरीशनिश्चरे क्षेत्रमा रहेर सामाजिक कार्य गर्दै आएका गुरुङले एक दिन भए पनि आफ्नो बाबुको तर्फबाट गरिव बिपन्न परिवारमा सहयोग गर्न पाउँदा शुख शान्ती मिल्ने बताए ।