जनता बाट भागे मन्त्रि जिवन घिमिरे - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

जनता बाट भागे मन्त्रि जिवन घिमिरे

पथरी/ प्रदेश नं. १ का समाजिक विकाश मन्त्रि जिवन घिमिरेलाई पथरीशनिश्चरे वडा नं. १० का जनताले बिरोध गरेका छन । सर्वोच्चो अदालतले गरेको निर्णय नगरपालिका भवन निर्माणमा नगर र प्रदेशले चासो नदिई सो स्थानमा १ नं. प्रदेशको जातिय सास्कृतीक संग्राहलय बनाउने भन्दै मन्त्री घिमिरे चोर सैलिमा आएको वडाध्यक्ष सागर राईले आरोप लगाए ।
जातिय सास्कृतीक संग्राहलय कार्ययोजना अन्तरगत समाजिक विकाश मन्त्रि जिवन घिमिरेले पथरीशनिश्चरेमा आएर कार्यदल गठन गरी जग्गा अवलोकन गर्न पुगेकेैबेला स्थानियले मन्त्री, नगर प्रमुख र उपप्रमुख अवलोकनमा बिरोध गरेका थिए ।


मन्त्रीले पूर्व संविधानसभा सदस्य चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको तर नगपालिका भवन बारे ठोस निर्णय नगरेको र वडामा आउदा कुनै जानकारी नगरेको भन्दै वडाध्यक्ष सहित वडा बासी बिरोधमा उत्रिएका थिए ।
मन्त्री सरिक कार्यक्रममा वडा अध्यक्ष सागर राई भन्दै थिए जातिय संग्रहालय बन्नु पर्छ तर नगरपलिकाको भवन पहिला हुनु पर्छ, प्रदेश र गाउँ सरकारले वडा सरकारसँग समन्वय गर्न पर्दैन ? सरकारको काममा दलीय प्रतिशोध राख्न मिल्छ ? यो कस्तो सैलि हो मन्त्री आउने ? नेपाली कांग्रेसबाट निर्वाचन जितेका राईको निरन्तर प्रश्न थियो ।

मन्त्री घिमिरे मुर्दाबाद भन्दै स्थानियको बाक्लै उपस्थीतीले मन्त्री घिमिरेको कार्यक्रम अवरुद्ध गरे पछि मन्त्री घिमिरे फर्कीएका थिए । आफु वडाको कार्यकारी भएतापनि मन्त्री आउने कुरा अन्य वाट आफुले सुनेको र नगरपालिकाले राजनैतिक रुपमा आफु भिन्न पार्टीको भएका कारण उपेक्ष्या गरेको उनले वताए ।


प्रदेश सरकारले संग्रहालय निर्माण गर्ने भनिएको क्षेत्रमा भुटानी शरणार्थीहरुले अनाधिकृत रुपमा आर सि सि भवन निमाण गरिरहेका छन तर नगर र प्रदेशले त्यसमा कुनै चासो नदेखाई संग्रहालयको नाममा जनतालाई भ्रम पैदा गरेको स्थानिय बताउछन ।
विना जानकारी प्रदेशका समाजिक मन्त्रि आफ्नो वडामा प्रवेश गरेको भन्दै अधिकांश स्थानीयबासीले असन्तुष्टि पोखेका छन् । स्थानीयबासी पदमप्रसाद दाहाल, चन्द्रप्रसाद पोख्रेल लगायतको ठूलो समूहले मन्त्री उभिएर बोल्न थालेपछि होहल्ला गरेका थिए ।
होहल्लाकैवीचमा मन्त्री घिमिरेले सांस्कृतिक ग्रामथानको लागि डीपीआर तयार पार्न ५० लाख रकम विनियोजन भएको जानकारी गराउदै मन्त्री घिमिरेले संग्रहालयका लागि कृतिम पहाडसहितको पाथीभारा, कृतिम सुरुङसहितको हलेशी र बाहरक्षेत्र निर्माण गर्ने बताए ।

त्यसैगरी हिमाल, पहाड र तराइको सांस्कृतिक भेषभूषा झल्किने बहुजातीय संग्राहलय निर्माण गरिने योजना रहनुका साथै संग्राहलय प्रदेशकै आकर्षक केन्द्रको रुपमा विकास गर्ने योजना समेत रहेको मन्त्रिले सुनाए ।
मुख्य सडकसँग जोडिएको उक्त जग्गा भने स्थानीय पशुपति सामुदायिक वनको क्षेत्रमा पर्दछ । उक्त अवरोध संगै नगर भव र संग्रहालय बने की नबने भन्नेमा संका उत्पन्न भएको छ ।

सम्बन्धित खवर